विद्यार्थी सवार ट्याक्टर दुर्घटना : एकको मृत्यु, चार जना घाइते
जानकारी केन्द्र
२०७९, चैत्र, ६
अछाम । विद्यार्थी चढेको ट्याक्टर मेल्लेख गाउँपालिकाको बुढा खोला भन्ने स्थानमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । १६ वर्षीया मनीषा बुढाको घटनास्थलमै मृत्यु भएको हो ।
सोही दुर्घटनामा घाइते हुनेमा १५ वर्षीया सुस्मिता बुढा, १४ वर्षीया पार्वती बुढा, करिश्मा बुढा र १२ वर्षीया पुष्पा विक रहेका छन् । दुर्घटना भएको ट्याक्टरमा च्यापिएका चार जना विद्यार्थीलाई उद्धार गरेर वयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।
आइतबार मध्य दिउँसो संस्थाले बाँड्ने खुत्रुके लिन पिपलसैन माध्यमिक विद्यालय जाने क्रममा से २ त ३४३१ नम्बरको ट्याक्टर मेल्लेख गाउँपालिकाको दर्वा र बगुडाको बिचमा बुढा खोला भन्ने स्थानमा दुर्घटनामा परेको बताइएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

