कैलालीमा ट्याक्टर दुर्घटना : २ को मृत्यु, ३० जना घाईते
धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएका छन् । सोमबार साँझ जोशीपुर गाउँपालिका वडा नं ७ हजारी बारामा से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्याक्टर दुर्घटनामा भजनी नगरपालिका वडा नम्बर ९ कि १५ वर्षिया चाहाना चौधरी र सोही ठाउँकी ४५ वर्षिया दिलरानी चौधरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार भजनी नगरपालिका वडा नं ९ कुडीका स्थानीयहरु ट्याक्टर दुर्घटनामा परी २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दका अनुसार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ सुगरखाल आफन्तको घरमा पासनी खाएर फर्किने क्रममा ट्याक्टर दुर्घटना भएको हो ।
ईलाका प्रहरी कार्यालय जोशीपुरका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकाहरुलाई उपचार गर्न बर्दगोरिया अस्पताल बौनिया र घोडाघोडी अस्पताल सुखड पठाईएको छ ।
ट्याक्टर चालक फरार भएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
