आसिफ शेखलाई ‘सीएमजे स्पिरिट अफ क्रिकेट’ अवार्ड
काठमाडौं । इङ्ग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ‘द २०२२ क्रिस्टोफर मार्टिन–जेनकिन्स (सीएमजे) स्पिरिट अफ क्रिकेट अवार्ड’ नेपालका विकेटकीपर ब्याटर आसिफ शेखलाई दिने घोषणा गरेको छ ।
क्रिकेट खेलाडीले देखाएको खेल भावनाको कदर गर्दै एमसीसीले बर्सेनि यो अवार्ड दिँदै आएको छ । खेल भावनाको कदर गरेको भन्दै यस वर्ष आसिफ शेखलाई अवार्ड दिन लागिएको हो ।
सन् २०२२ को फेब्रुअरीमा ओमानमा भएको चार देश सम्मिलित टी(२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डसँगको खेलमा देखाएको खेल भावनाको कदर गर्दै एमसीसीले आसिफलाई अवार्ड दिएको हो ।
त्यस खेलमा नेपालका कमलसिंह ऐरीले गरेको १९ औँ ओभरको तेस्रो बलमा स्ट्राइकमा रहेका मार्क आदिरले रन लिने क्रममा नन स्ट्राइकबाट दैडिएका म्याकब्राइन कमलसँग ठोकिएर लडेका थिए ।
त्यस अवस्थामा कमलले दिएको बलमा आसिफसँग रनआउट गर्ने समय थियो । तर, उनले कमलसँग ठोकिएर रन लिन ढिलो भएका कारण म्याकब्राइनलाई रनआउट गरेनन् । त्यो खेलको भिडियोलाई लिएर विश्वभर नै चर्चा भएको थियो ।
आयरल्यान्डका कमेन्टेटर एन्ड्रियु लियोनार्डले शेयर गरेको भिडियोलाई १४ लाखभन्दा धेरैले हेरिसकेका छन् । आसिफको यही खेल भावनालाई लिएर विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले पनि सन् २०२२ को ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरेको थियो ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
