आसिफ शेखलाई ‘सीएमजे स्पिरिट अफ क्रिकेट’ अवार्ड
काठमाडौं । इङ्ग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ‘द २०२२ क्रिस्टोफर मार्टिन–जेनकिन्स (सीएमजे) स्पिरिट अफ क्रिकेट अवार्ड’ नेपालका विकेटकीपर ब्याटर आसिफ शेखलाई दिने घोषणा गरेको छ ।
क्रिकेट खेलाडीले देखाएको खेल भावनाको कदर गर्दै एमसीसीले बर्सेनि यो अवार्ड दिँदै आएको छ । खेल भावनाको कदर गरेको भन्दै यस वर्ष आसिफ शेखलाई अवार्ड दिन लागिएको हो ।
सन् २०२२ को फेब्रुअरीमा ओमानमा भएको चार देश सम्मिलित टी(२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डसँगको खेलमा देखाएको खेल भावनाको कदर गर्दै एमसीसीले आसिफलाई अवार्ड दिएको हो ।
त्यस खेलमा नेपालका कमलसिंह ऐरीले गरेको १९ औँ ओभरको तेस्रो बलमा स्ट्राइकमा रहेका मार्क आदिरले रन लिने क्रममा नन स्ट्राइकबाट दैडिएका म्याकब्राइन कमलसँग ठोकिएर लडेका थिए ।
त्यस अवस्थामा कमलले दिएको बलमा आसिफसँग रनआउट गर्ने समय थियो । तर, उनले कमलसँग ठोकिएर रन लिन ढिलो भएका कारण म्याकब्राइनलाई रनआउट गरेनन् । त्यो खेलको भिडियोलाई लिएर विश्वभर नै चर्चा भएको थियो ।
आयरल्यान्डका कमेन्टेटर एन्ड्रियु लियोनार्डले शेयर गरेको भिडियोलाई १४ लाखभन्दा धेरैले हेरिसकेका छन् । आसिफको यही खेल भावनालाई लिएर विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले पनि सन् २०२२ को ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरेको थियो ।
सम्बन्धित समाचार
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

