रश्मिका मन्डन्नादेखि सामन्थासम्म यी अभिनेत्री कमाउँछन् करोडौं, कोसँग कति छ सम्पत्ति ?
एजेन्सी । रश्मिका मन्डन्नादेखि समन्था रुथ प्रभुसम्म, दक्षिण फिल्म उद्योगका धेरै अभिनेत्रीहरूले बलिउड र वेब सिरिजमा आफ्नो अभिनय क्षमता देखाइसकेका छन् । तमिल र तेलुगु सिने प्रेमीहरू बाहेक यी अभिनेत्रीका धेरै फ्यानहरू छन् । करोडौंको मनमा राज गर्ने यी अभिनेत्रीको पारिश्रमिक र सम्पत्ति पनि करोडौंमा छ ।
रश्मिका मन्डन्ना
चलचित्र पुष्पा लगायत साउथ र बलिउड चलचित्रमा काम गरिसकेकी अभिनेत्री रश्मिका मन्डन्नाको करिब ४५ देखि ५० करोड रुपैयाँ सम्पत्ति छ । मिडिया रिपोर्टका अनुसार रश्मिकाले प्रत्येक फिल्मका लागि ४ देखि ६ करोड भारु लिन्छिन् ।
सामन्था रुथ प्रभु
वेब सिरिज ‘द फ्यामिली म्यान’ लगायत साउथका कैयौं फिल्ममा आफ्नो अभिनयबाट गहिरो छाप छोडेकी अभिनेत्री सामन्था रुथ प्रभुको कुल सम्पत्ति ८९ करोड रुपैयाँ रहेको बताइएको छ । सामन्था रुथले प्रति फिल्म ३ देखि ५ करोड भारु लिन्छिन् ।
नयनतारा
तमिल, तेलुगु र मलायालम फिल्ममा काम गरिसकेकी नयनताराको कुल सम्पत्ति १६५ करोड रुपैयाँ छ। उनी हरेक फिल्मका लागि १० देखि १२ करोड भारु लिन्छिन् ।
तमन्ना भाटिया
‘बाहुबली’देखि बलिउड फिल्मसम्म आफ्नो अभिनय क्षमता देखाउने अभिनेत्री तमन्ना भाटियाको कुल सम्पत्ति ११० करोड रुपैयाँ छ । तमन्नाले एउटा फिल्मका लागि ५ देखि ६ करोड भारु लिने र ब्राण्ड प्रमोशन पनि गर्ने गरेको बताइएको छ ।
रकुल प्रीत सिंह
साउथका फिल्मसँगै बलिउड फिल्ममा पनि धमाकेदार अभिनय गरिरहेकी रकुल प्रीत सिंहले एउटा फिल्मका लागि ३ देखि ५ करोड भारु लिन्छिन् भने उनको नेटवर्थ ४५ देखि ५० करोड रुपैयाँ रहेको छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
