काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन मंगलबारको तुलनामा २ हजार रुपैयाँ घटेको हो ।मंगलबार तोलामा १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।





