प्रहरीको कुटाइबाट गम्भीर घाइते नेता लिम्बूको निधन
काठमाडौं । कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा गम्भीर घाइते भएका संघीय लिम्बुवान मञ्चका केन्द्रीय उप(कमान्डर पदम सुक्वाबा लिम्बू को निधन भएको छ ।
गत चैत ५ गते विराटनगरमा भएको कोशी प्रदेश खारेजीको आन्दोलनमा प्रहरीको लाठी चार्ज बाट घाइते भएको उनको उपचारको क्रममा आज विहान धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार लिम्बूको आज विहान साढे २ बजे निधन भएको हो । प्रहरीको लाठी चार्चका क्रममा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
उनी चैत ८ गते अचनाक बेहोस भएको थिए । ४२ वर्षीय मृतक पदम तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ साब्ला पार्टिगाउका स्थायी बासिन्दा हुन् ।
प्रदेश–१ को नाम कोशी राखिएपछि विभिन्न पहिचानवादी दलहरुकाले विभिन्न स्थानमा विरोध तथा प्रदर्शन गरिरहेका छन् । २०७९ साल फाल्गुण १७ गते बसेको प्रदेश सभाको बैठकले बहुमतमार्फत कोशी प्रदेश नाम पारित गरेको थियो ।
सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
