काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले गृहसहित पहिला पाएका मन्त्रालय पाए सरकारमा जाने बताएका छन् । एक अनलाइनसँगको कुराकानीमा प्रवक्ता ढकालले सत्ताका लागि स्वार्थी नभएको बताएका हुन् ।
उनले भने, ‘हामी सत्ताका लागि स्वार्थी भएका छैनौँ । तर जनताको साथमा बसेर काम गर्नको लागि एउटा हुटहुटी छ । हामी जनतामाझ देखिने गरि काम गर्न चाहन्छौँ । हामीबाट जनताले त्यो खालको अपेक्षा गरेका छन् ।’
त्यस्तै उनले भने- ‘हामी साबिकको मन्त्रालयभन्दा बाहिर भयो भने जाने कुरा छैन । गृह मन्त्रालय हाम्रो पहिलो प्राथमिकतामा रहेको मन्त्रालय हो । त्योभन्दा बाहिर भयो भने हामी जाँदैनौँ होला ।’


