गाउँलेलाई चट्याङबाट जोगाउन ‘अर्थिङ टावर’
लमजुङ । गाउँलेलाई चट्याङबाट जोगाउन बेँसीसहर नगरपालिका–३ थुम्काडाँडा बस्तीमा ‘अर्थिङ टावर’ निर्माण गरिएको छ ।
उपभोक्ता समितिका अध्यक्ष तथा बेँसीसहर नगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य अजय मजाकोटीले भने, “यहाँ चट्याङको उच्च जोखिम रहेकाले स्थानीयको जनधनको सुरक्षा गर्न छ ठाउँमा अर्थिङ टावर निर्माण गरेका छौँ, थुम्काडाँडा क्षेत्रका विश्वकर्मा गाउँ, मालुवागाउँ, खेताघर टोल, पुर्काङगाउँ, बानियागाउँ, मौरतीगाउँमा अर्थिङ टावर राखिएको छ ।”
अर्थिङ टावरको काम सबै स्थानीय बजारका प्राविधिकले गरेका थिए । अर्थिङ टावरले चट्याङको शक्तिलाई तानेर जमिनमा पु¥याएर नष्ट गरिदिने भएकाले गाउँमा अर्थिङ टावर राखिएको उनको भनाइ छ । उनले भने, “टावर निर्माण गरेसँगै यतिबेला ७५ घरका तीन सयभन्दा बढी स्थानीयसहित भौतिक संरचना र पशुपक्षी चट्याङबाट सुरक्षित बनेका छन् ।”
तीस फिट अग्लो फलामे पाइपमा तामाको ‘एन्टिना’ राखेर भुइँमा चार फिट गाडेर उक्त टावर निर्माण भएको बताइएको छ । उक्त एन्टिनाबाट तामाको तार लगेर नुन र कोइलासँगै गाडिएको तामाको पातामा जोडेर अर्थिङ गरिएको छ । नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भने, “अर्थिङ टावर निर्माणका लागि चालु आवमा रु दुई लाख बजेट विनियोजन गरेर निर्माणका लागि सहयोग गरेका छौँ, यतिबेला निर्माणसमेत सम्पन्न भइसकेको छ ।”
नगरपालिकाको रु दुई लाखबाहेक अर्थिङ टावर निर्माणका लागि स्थानीयको नगद रु ५० हजार र रु ६० हजार बराबरको श्रमदान गरेको उपभोक्ता समितिले जनाएको छ । उक्त टावर निर्माणले चट्याङबाट हुन सक्ने क्षतिबाट केही सुरक्षित महसुस गरेको स्थानीयको भनाइ छ ।
सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
