रास्वपाका ‘तीन भाइ’को लक्ष्य- उपनिर्वाचनमा क्लिनस्वीप, अर्को चुनावमा दुई तिहाइ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचन हुने तीनै क्षेत्रमा ‘क्लिनस्वीप’ गर्ने दाबी गरेको छ । शनिबार तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार तय गर्दै रास्वपाले उपनिर्वाचनमा तीनै सिट जित्ने दाबी गरेको हो ।
पार्टीले चितवन-२ मा सभापति रवि लामिछाने, तनहुँ(१ मा अर्थविद् डा। स्वर्णिम वाग्ले र बारा-२ मा पूर्वएआइजी रमेश खरेललाई टिकट दिएको छ । पत्रकार सम्मेलनमा तीनै उम्मेदवारले सम्बन्धित क्षेत्रमा आफूहरू विजयी हुने दाबी गरे । उपनिर्वाचन हुने तीन क्षेत्रमा रास्वपाले ‘क्लिनस्वीप’ गर्ने उनीहरूको दाबी छ ।
सभापति लामिछानेले स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने कल्पना पनि गर्न नहुने भन्दै उपचुनावपछि ‘तीन भाइ’ -तीनै जना-जितेर घण्टाघरमा विजय उत्सवमा पत्रकार सम्मेलन गर्ने उद्घोष गरे । आफ्नो पार्टीले आगामी चुनावमा दुई तिहाइ बहुमतको सरकार बनाउने सभापति लामिछानेको दाबी छ ।
आफ्नो पार्टीमा स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौँ क्षमतावान् मानिसहरू जोडिने भन्दै लामिछानेले आउँदो चुनावपछि बहुमतको सरकार बनाउने परिकल्पना आफूले गरेको बताए । वाग्ले र खरेलजस्ता विज्ञहरू आफ्नो पार्टीमा आउनु सिंगो देशका लागि उज्यालोको संकेत भएको उनले बताए ।
‘आजको कार्यक्रम हजारौँ क्षमतावान् मानिसहरू जोडिन आँटेको जनाउ घण्टीमात्रै हो । सम्पूर्ण होइन । आज हामी तीन भाइ छौँ । तपाईँहरूको आगमनले हुर्कँदै गरेको पुस्तालाई भरोसा दिएको छ,’ सभापति लामिछानेले भने, ‘निराशाको एउटा ठूलो बादल छाएको ठाउँमा आशाको किरण बालिदिनुभएको छ । एउटा ज्योति बालिदिनुभएको छ । म त्यो दिनको परिकल्पना गरिरहेको छु, जतिखेर हामीले दुई तिहाइको सरकार बनाउने छौँ । तपाईँहरूजस्तो विज्ञहरूले मन्त्रालयहरू हाँक्नुहुनेछ ।’
वैशाख १० गते प्रतिनिधिसभाका तीनवटै क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तनहुँ-१ मा सत्ता गठबन्धनका तर्फबाट गोविन्द भट्टराई उम्मेदवार छन् एमालेले सवेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवन-२ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गर्दा एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बारा-२ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो उम्मेदवार हुने तयारी छ । सत्ता गठबन्धन र एमालेले उम्मेदवार तय गरेका छैनन् ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


