मतदातालाई डा. भट्टराई अपिल, उपेन्द्र यादवलाई जसरी पनि रोकौं
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आगामी उपचुनावमा विचार पुर्याएर भोट हाल्न मतदातालाई अपिल गरेका छन् ।
वैशाख १० गते हुने तनहुँ १, चितवन २ र बारा २ मा प्रतिनिधिसभा उपनिर्वाचन हुँदै छ । त्यसका लागि आज तीनै क्षेत्रमा उम्मेदवारी दर्ता गरिँदै छ । त्यसलाई लक्षित गर्दै भट्टराईले चुनावको महत्त्व स्मरण गराएका हुन् ।
उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै केही नेतालाई सत्तामा पुर्याउन लाइसेन्स दिने कर्मकाण्ड नभएको भन्दै विचार पुर्याउन मतदातालाई अपिल गरेका हुन् ।
बारा २ बाट उपेन्द्र यादव फेरि चुनाव लड्दैछन् । उनी गत निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग झण्डै १५ हजार मतान्तरले विजयी भएका थिए ।
‘चुनाव केही वर्ष(महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्याउने र राज्य दोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन्, यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर हो’, भट्टराईले भनेका छन्, ‘हाम्रो लोकतन्त्रमा चुनाव(उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्याङ बन्दै छ, रोकौँ ।’
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?