‘इन्डियन आइडल १३’का विजेता अयोध्याका ऋषि सिंह को हुन् ?
एजेन्सी । चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १३’ को विजेता अयोध्याका ऋषि सिंह बनेका छन् । अयोध्याका ऋषि सिंह सिजन १३ को विजेता चुनिएका हुन् । ऋषिलाई २५ लाखको चेक र ट्रफीसँगै मारुती कार पनि दिइएको छ ।
सोनी च्यानलबाट प्रसारण हुने शो ‘इन्डियन आइडल १३’ को सोमबार, अप्रिल २, २०२३ मा ग्रान्ड फिनाले भएको थियो । फाइनल दौडमा अयोध्याका ऋषि सिंह, शिवम सिंह, बिदिप्ता चक्रवर्ती, चिराग कोतवाल, देबोस्मिता रोय र सोनाक्षीकर सहित ६ जना थिए ।
कार्यक्रमले धेरै रोमाञ्चक प्रदर्शनहरू देखिएको थियो र धेरै सेलिब्रेटीहरू उपस्थित भएका थिए । ‘बेस्ट डान्सर ३’का जज सोनाली बेन्द्रे, गीता कपूर र टेरेन्स लुइस पनि कार्यक्रममा आएका थिए । फाइनलमा भारती सिंहले आफ्नो फनी स्टाइलले सम्पूर्ण जमघटलाई मोहित तुल्याइन् । अन्ततः विजेता घोषित अयोध्याका ऋषि सिंह को हुन् रु
ऋषि सिंह मन्दिरमा गाउने गर्थे
इन्डियन आइडल १३ का विजेता बनेका ऋषि सिंह अयोध्याका बासिन्दा हुन् । गायन कार्यक्रममा आउनुअघि उनी मन्दिर र गुरुद्वारामा गाउने गर्थे । विजेता बनेपछि ऋषिले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मैले ट्रफी जितेको छु भन्ने कुरामा अझै विश्वास गर्न सकिरहेको छैन । यो सपना साकार भएको छ ।’
लाइभ भोटिंग मार्फत विजेता चयन
इन्डियन आइडल सिजन १३ ले करिब ७ महिनाको लामो प्रतिक्षापछि बिजेता पाएको छ । यसअघि शोको ग्राण्ड फिनालेको अन्तिम चरणमा सर्वसाधारणले लाइभ भोटिङमार्फत विजेता छनोट गरेको थियो । यूपीका ऋषिले सबैभन्दा बढी भोट पाए । इन्डियन आइडल १३ मा पुगेका उत्कृष्ट ६ प्रतियोगीमध्ये देबोस्मिता रोय फस्ट रनरअप भइन् भने चिराग कोतवाल सेकेन्ड रनरअप भए । उनीहरुले ५ लाख रुपैयाँको चेक पाए ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

