• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ जेठ २०८३, शनिबार
०९ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
  • ६ घण्टा 

गर्मी र उकुसमुकुसबाट राहत : ब्ल्याकंडेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस
  • ७ घण्टा 

वीरगन्ज नाकाबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो
  • ९ घण्टा 

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
  • ११ घण्टा 

आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस
  • १२ घण्टा 

२४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन
  • १३ घण्टा 

आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव
  • १३ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १४ घण्टा 

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक

  • २. २०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जेठ महिनामा अधिकांश बैंकको ब्याजदर सार्वजनिक, केही बैंकले घटाए र केहीले बढाए

  • ४. २०८३ जेठ ०८ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. सीजी मोटर्सको मल्टी-ब्रान्ड ईभी शोकेस : भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु हुँदै, के-के छन् आर्कषण?

  • ६. २०८३ जेठ ०९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. विद्युतीय सवारीको मोटर क्षमता सम्बन्धमा नाइमाको ध्यानाकर्षण

  • ८. २०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. २०८३ जेठ ०५ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

मार्चमा नेपाल आउने पर्यटक १ लाखको हाराहारीमा, कोरोना महामारी पछिको सबैभन्दा धेरै

जानकारी केन्द्र २०७९, चैत्र, २०

काठमाडौँ । यस वर्षको मार्चमा आएका पर्यटकको संख्याले कोभिड–१९ अघिको अवस्था फर्केको देखाएको छ । सन् २०२३ मार्चमा ९९ हजार ४ सय २६ जना पर्यटक नेपाल आएका छन् । यो झण्डै कोभिड अगाडिको तथ्यांक जस्तै हो । कोभिड सुरु हुनुभन्दा अघि सन् २०१९ को मार्चमा १ लाख २७ हजार पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार यो वर्षको मार्चमा सन् २०१९ को मार्चका तुलनामा ७८ प्रतिशत बढी पर्यटक आएका छन् । पछिल्ला तीन वर्षलाई हेर्दा यो निकै सुधार हो ।

अर्कोतिर मार्चमा आएका पर्यटकको संख्या कोभिड–१९ पछि सबैभन्दा धेरै हो । कोभिड–१९ को ३ वर्षमा एक लाखको हाराहारीमा पहिलो पटक पर्यटक आगमन भएको छ । कोभिड–१९ पछि सबैभन्दा बढी पर्यटक सन् २०२२ को अक्टोबारमा आएका थिए । त्यो बेला ८८ हजार ५ सय ८२ जना पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

पछिल्लो महिना पर्यटकको आगमनसँगै नेपालको पर्यटन आगमन कोभिड–१९ अगावैको लयमा फिर्ता हुने क्रममा रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले भने, “पर्यटक आगमन क्रमशः लयमा फिर्ता हुने क्रममा रहेको छ । सन् २०२३ मा २०१९ कै हाराहारीमा पर्यटक आगमन हुने र पर्यटन क्षेत्र लयमा आउने आकलन गरेका छौं ।” सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०२३ को पहिलो महिना जनवरीमा ५५ हजार र फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को तुलनामा सन् २०२३को जनवरीमा ७० प्रतिशत बढी, फेब्रुअरीमा ७४ प्रतिशत बढी र मार्चमा ७८ प्रतिशत बढी पर्यटक आगमन हुनु भनेको पर्यटन लयमा फिर्ता हुने क्रममा रहेको संकेत गरेको निर्देशक लामिछानेको भनाइ छ ।

सन् २०२२ को मार्चमा ४२ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०२१ को सोही महिना १५ हजार, सन् २०२० मा कोभिडका बाबजुद पनि ४२ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कोभिड–१९ कारण विगत ३ वर्षदेखि सुस्ताएको पर्यटक आगमन सन् २०२३ बाट नै वृद्धि हुँदै गएकाले सन् २०१९को हाराहारीमा पर्यटक आगमन हुने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष निलहरि बाँस्तोलाले बताए । उनले भने, “यो समय पर्यटक आरोहणका लागि आउने भएकाले आगामी महिना थप हिमाल आरोहणको लागि पर्यटक आउने भएकाले सन् २०२३मा पर्यटक आगमनदरमा उल्लेख्य सुधार हुने छ ।”

नेपाल भ्रमणको लागि आउने पर्यटकमा भारतीय हिस्सा सबैभन्दा बढी छ । मार्चमा भारतबाट २५ हजार ९ सय ११, दोश्रोमा चीनबाट ९ हजार ५ सय ५७, बेलायतबाट ६ हजार १ सय ३३, जर्मनीबाट ४ हजार १ सय, ४९ श्रीलंकाबाट ३ हजार ८ सय ९८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

पछिल्लो समय पर्यटक आगमनमा सुधार आएको होटल संघ नेपाल पोखरा च्याप्टरका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । पोखरा आसपासमा पर्यटकको चहलपहल देखिएको छ तर आगमन वृद्धि केही महिना सुधार उन्मुख भए पनि सिजनमा भने अपेक्षकृत रुपमा सुधार नभएको अध्यक्ष सुवेदीको भनाइ छ । उनले भने “हाल पोखराका होटलमा ३० प्रतिशत अकुपेन्सी रहेको छ । नयाँ वर्ष आउने क्रममा रहेकाले गर्दा पर्यटक आगमन वृद्धि हुने अपेक्षा छ ।”

सन् २०२२ मा ६ लाख १४ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । चीनले पनि कोभिड–१९ पछि आफ्ना नागरिकलाई भ्रमणमा निस्किन दिएकाले नेपालमा पनि मार्च महिनामा पर्यटक आगमन वृद्धि भएको छ । कोभिडको त्रास हराउँदै जानु र हवाई सञ्जाल कोभिड–१९ अगावैको अवस्थामा जानुले पनि पर्यटक आगमनमा वृद्धि भएको व्यवसायीहरुको भनाइ छ ।

कोभिडपछि विश्वमा अन्य पर्यटकीय मुलुकले ७० देखि ८० प्रतिशतसम्म पर्यटन पुनरुत्थान गरिरहेका छन् । नेपालमा पनि त्यसको प्रभाव पर्दै गएकाले पनि पर्यटन आगमनमा वृद्धि हुँदै गएको बोर्डले जनाएको छ । पछिल्लो समय सार्क मुलुककै हाराहारीमा युरोपबाट पर्यटक आगमनदरमा वृद्धि हुँदै गएकाले पनि नेपालको पर्यटन क्षेत्र लयमा फिर्ता हुने पथमा रहेको प्रमाण भएको निर्देशक लामिछानेले बताए ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
गर्मी र उकुसमुकुसबाट राहत : ब्ल्याकंडेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस
वीरगन्ज नाकाबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

ताजा

ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह

गर्मी र उकुसमुकुसबाट राहत : ब्ल्याकंडेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

वीरगन्ज नाकाबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.