गरिबका लागि बनाइएका घर प्रयोगविहीन
देउखुरी । दाङको बङ्गलाचुली गाउँपालिकाले विपन्न नागरिकलाई राहत दिन आवास निर्माण गरिदियो । पालिकाको वडा नं २, ५, ६ र ८मा प्रति घर रु १० लाखको लागतमा ३० घर निर्माण भएका थिए । ती वडामा दुई कोठे घर निर्माण गरिए पनि अझैसम्म कोही पनि बस्न गएका छैनन् ।वडा नं २स्थित बढीपोखरामा छ घर र वडा नं ८स्थित हाँसीपुरमा रहेको जङ्गलको डाँडामा छ घर निर्माण गरिए पनि ती घर खाली छन् ।
घर निर्माणपछि वडा कार्यालयले गरिब तथा असहाय परिवार पहिचान गयो तर पहिचान भएका कोही पनि ती घरमा बस्न जान इच्छुक भएनन् । पूर्ववडाध्यक्ष गिरिराज बाँठाका अनुसार सुरुमा स्थानीय दुई तीन परिवार बस्न थालेका थिए तर पछि उनीहरूले पनि छाडेका हुन् । यी घर बनाइएको ठाउँमा कुनै व्यवसाय गरेर बस्न सकिने अवस्था छैन ।
नजिक मानवबस्ती नभएको थलोमा गएर कोही पनि बस्न राजी नभएका हुन्, “गरिबका लागि भनेर बनाइएका घरका झ्यालढोका फुटेर जीर्ण छन्,” उनले भने, “कोही पनि बस्न तयार नभएकाले घरहरू बेकम्माका बनेका छन् ।” यसैगरी वडा नं ५ मा पनि बनाइएका १२ घरमध्ये चारवटा घरमा मात्रै मानिस बसेका छन् । त्यहाँका वडाध्यक्ष लिले घर्तीले भने, “ माथिल्लो भेग मानव बस्तीदेखि टाढा रहेका कारण बाँकी घरमा कोही बस्न नमानेको हुनसक्छ ।”
वडा नं ६ मा बनेका छ घरमध्ये तीनवटा प्रयोगमा आएका र बाँकी घर जीर्ण बन्दै गएका छन् । स्थानीयवासी भुवन केसीले भने,“ पालिकाले बनाएका घर बस्नयोग्य नभएकाले कोही बस्न राजी भएनन्।” ती घरका लागि रु तीन करोड खर्च भएको थियो ।ती ३०घरमध्ये प्रत्येक दुईवटा घरका लागि १५ वटा शौचालय पनि बनाइएको थियो । ती घर निर्माण गर्ने ठेक्का घोराहीस्थित माइन स्टोन कम्पनीले पाएको थियो ।
यसैबीच अघिल्लो नेतृत्वले बनाएका घरमा बस्न अहिलेको नेतृत्वले पनि गरिब परिवारलाई आह्वान गरिरहेको छ । “बेसहारा तथा विपन्नलाई पालिकाले बनाएका घरमा बस्न आउनु भनिरहेका छौँ, पालिका अध्यक्ष तुलसीराम पुनले भने, “रित्ता घरमा अहिलेसम्म कोही बस्न आएको अवस्था छैन । प्रयोगमा ल्याउन सके ठूलो रकम खर्चेर बनाइएको सार्वजनिक सम्पत्तिको उपयोग हुने थियो ।”
घर नभएकालाई घरको व्यवस्था गरेका थियौँ उनीहरुले महत्व बुझ्न सकेनन् । आर्थिक वर्ष २०७५/७६ मा नमुना बस्ती निर्माण योजनाअनुसार गरिब तथा असहाय परिवारका लागि घर बनाउन सङ्घीय सरकारले रु दुई करोड दिएको थियो । गाउँपालिकाले एक करोड थपेर ती चारवटा वडामा दुई–दुई कोठे भूकम्प प्रतिरोधी घर बनाएको थियो ।
सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
