• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ बैशाख २०८३, सोमबार
०७ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
  • ७ घण्टा 

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन
  • १० घण्टा 

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १२ घण्टा 

२०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

१३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो
  • १ दिन 

कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २ दिन 

२०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

लोकप्रिय समाचार

  • १. विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता : इएमटेक २०२६ र भीईसीभी प्रतियोगितामा नेपालको दोहोरो जित

  • २. विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय

  • ३. टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक

  • ४. आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

  • ५. डोङफेङको भोयाद्वारा नयाँ हुवावे हार्मोनीओएस, ८०० भि पिएचइभि र इभि संस्करणसहितको ताइशान एक्स८ एसयुभी सार्वजनिक

  • ६. सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक

  • ७. २०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. TikTok has releases 2025 Community Guidelines Enforcement Report

  • ९. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

  • १०. २०८३ वैशाख ०६ गते आईतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर

जानकारी केन्द्र २०७९, चैत्र, २१

काठमाडौं । महाभारत पर्वत शृङ्खला (डाँडापारि) पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाडौंँ लगियो । ‘सुत्केरी ब्यथा’ लागेपछि शनिबार स्थानीय ‘बर्थिङ सेन्टर’मा भर्ना भएकी उनलाई उच्च रक्तचापका कारण त्यहाँ सुत्केरी गराउन समस्या भएपछि काठमाडौँ लगिएको हो ।

मोक्तानलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत निःशुल्क हेलिकप्टरबाट काठमाडौँ थापाथलीस्थित प्रसूतिगृहमा लगिएको हो । जिल्लाको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि विशेषगरी सुत्केरी ब्यथा लागेकाको स्वास्थ्य जोखिममा हेलिकोप्टरको ब्यवस्थापन गरी सदरमुकाम तथा काठमाडौँका अस्पताल लैजाने गर्दै आइएको छ ।

सदरमुकामबाट टाढा अवस्थित तथा कच्ची सडकका कारण तत्कालै उपचार गर्नुपर्ने स्वास्थ्य समस्यामा हेलिकोप्टरकै साहारा लिनुपर्ने बाध्यता रहँदै आएको छ । कार्यक्रम लागू भएपछि हालसम्म महाभारतको मात्रै आठ सुत्केरी ब्यथा लागेकाको हेलिकोप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । “लामो कच्ची सडकमा सुत्केरी ब्यथा लागेका महिलाको स्वास्थ्य जोखिममा पर्ने भएकाले डाँडापारिका नागरिकले हेलिकोप्टरकै भर पर्नुपर्ने हुन्छ, यहाँका सडक स्तरोन्नति गर्दैछौँ अब अन्य बिरामीलाई पनि केही सहज होला कि ”, उनले भने ।

अध्यक्ष जिम्बाले निःशुल्क हवाई उद्धार निर्देशिका–२०७७ अनुसार सुत्केरी ब्यथा लागेकाको लागि सेवा प्रदान गर्दै आएको बताए । महाभारतका नागरिकलाई उपचार गर्न सदरमुकामका अस्पताल आउनुपर्दा वर्षायाममा झन् कठिन हुने गरेको बताइन्छ ।

यसअघि गत साउन अन्तिम हप्ता डाँडापारिस्थित खानीखोला गाउँपालिका–४ डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्बालाई उपचारका लागि हेलिकोप्टरमार्फत धुलिखेल अस्पताल ल्याइएको थियो । टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उनलाई पनि गाउँको कच्ची सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हेलिकोप्टर ‘चार्टडर्’ गर्नुपर्ने बाध्यता बनेको थियो । त्यतिबेला उहाँका आफन्तले रु ७० हजार भाडा तिरेर धुलिखेल ल्याउनुपरेको थियो । “गम्भीर प्रकृतिको बिरामी पर्दा वर्षायाममा हेलिकोप्टरको विकल्प छैन”, गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले भने ।

गत साल नै तीन दिनदेखि झाडापखालाले ग्रस्त खानीखोला गाउँपालिका–६ की १७ वर्षीया रञ्जिता थोकरलाई उपचारार्थ अस्पताल लैजान हेलिकोप्टर गाउँ पु¥याइयो । तर हेलिकोप्टर रित्तै फर्कनुप¥यो । विडम्बना हेलिकोप्टर गाउँ पुग्दै गर्दा उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भइसकेको थियो । उहाँको थप उपचारका लागि काठमाडौं लैजान परिवार र जनप्रतिनिधिले निर्णय गरे तर, उनको निधन भइसकेको थियो ।

डाँडापारिस्थित टाढाको विकट क्षेत्रमा महँगो भए पनि सडक अवरुद्ध हुँदा हेलिकोप्टर निकै सजिलो साधन मानिन्छ । वर्षायाममा ग्रामीण भेगमा भएका सडक भत्किने र पहिराले अबरुद्ध हुँदा जिल्लाको दक्षिणी क्षेत्र महाभारत डाँडापारिका दुई गाउँपालिकाका नागरिकले बिरामी पर्दा हेलिकोप्टरको भर पर्नुपर्ने हुन्छ । गर्भवतीबाहेक अन्य बिरामीले हेलिकोप्टरको भाडा तिर्न नसक्ने भएकाले उपचारबाट बञ्चित हुनुपर्ने बाध्यता पनि देखिएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम सुत्केरीको ब्यथाले स्वास्थ्य जोखिममा पर्ने महिलाका लागि वरदान सावित भएको छ । तर भौगोलिक विकटता तथा वर्षा मौसममा कच्ची सडक अबरुद्ध हुँदा काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा बिरामीको उद्धारमा निकै कठिनाइ हुने गरेको स्थानीय बताउँछन् । हेलिकोप्टरबाट बिरामी÷गर्भवतीको उपचाररार्थ उद्धार गरिए पनि जिल्ला सदरमुकामका अस्पताल लैजान हेलिकोप्टर अवतरण गर्न अर्को व्यवस्थापन गर्नुपर्ने हुँदा काठमाडाँैका अस्पतालनै लैजानुपर्ने बाध्यता पनि छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

ताजा

छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.