काठमाडौँ । नागरिक सामुदायिक अस्पताल गठ्ठाघरको युरोलोजी विभाग प्रमुखमा डा. दिपेश श्रेष्ठ भित्रिएका छन् । डा. श्रेष्ठ युरोलोजी एवं मिर्गौला प्रत्यारोपण सर्जन हुन । अस्पतालमा शुक्रबार आयोजित कार्यक्रममा नागरिक सामुदायिक अस्पतालका निर्देशक भुवनचक्र जोशीले डा. श्रेष्ठ सहितको युरोलोजी विभागको टीमलाई स्वागत गरेका छन् । डा. श्रेष्ठसँग मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा काम गरेको अनुभव छ ।
डा. श्रेष्ठसँगै युरोलोजी विभागमा डा. रवी किरण गौतम, डा. हरि बराल र डा. रोजन अधिकारी रहने छन् । नागरिक सामुदायिक अस्पतालले पछिल्ला दिनमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको छ । दक्ष र अनुभवी चिकित्सकहरुको टीम भित्र्याएर उपत्यकाकै उत्कृष्ठ सामुदायिक अस्पतालका रुपमा नागरिकलाई स्थापित गर्ने उद्देश्यमा साथ अस्पतालको टीम लागिपरेको निर्देशक जोशीले जानकारी दिए ।