Jankari Kendra
१० श्रावण २०८३, आईतवार

काठमाडौं महानगरले तोड्यो विद्यार्थी युनियनले लगाएको ताला

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, बैशाख, १५
काठमाडौं महानगरले तोड्यो विद्यार्थी युनियनले लगाएको ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाले कम्युनिस्ट क्रान्तिकारी विद्यार्थी युनियन (क्रान्तिकारी) ले महानगर अन्तर्गतको शिक्षा विभागमा लगाएको तालाबन्दी तोडेको छ ।

बुधबार काठमाडौं महानगरले महानगरभित्रका विद्यालयमा राजनीतिक गतिविधि गरे कारबाही गर्ने चेतावनी दिएको‍ थियो । त्यसैको विरोध स्वरूप विद्यार्थी युनियनले बिहिबार दिउँसो शिक्षा विभागमा तालाबन्दी गरेको थियो ।

युनियनले राजनीतिक गतिविधि गर्न पाउनुपर्छ भन्दै तालाबन्दी गरेको हो । हिजै साँझै नगर प्रहरीले उक्त ताला तोडेको हो । यता युनियनले माग प्रति गम्भीर नभए र शाखामा लगाएको ताला तोडिए थप संघर्ष गर्ने चेतावनी दिएको थियो ।

महानगरले केही विद्यालयमा शिक्षा ऐन तथा नियमावली विरुद्ध राजनैतिक दल र त्यसका भातृसंगठनका कार्यक्रमहरू गरिएको सञ्चालन गरिएको सप्रमाण उजुरी आएपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

युट्युब सट्स