श्रीमतीलाई अस्ट्रेलिया छाडेर बिदामा घर आएका तपेन्द्रको मोटरसाईकल दुर्घटनामा मृत्यु
कञ्चनपुर । श्रीमतीलाई अस्ट्रेलिया छाडेर बिदामा घर आएका तपेन्द्रको सडक दुर्घटनामा मृत्यु भएको छ। वैदेशिक रोजगारीको सिलसिलामा ५ वर्षअघि तपेन्द्र बडुवाल अस्ट्रेलिया गएका थिए। मिडिया क्षेत्रमा काम गर्ने राधीका बोहरालाई बिहे गरेर उतै लगेका कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २८ वर्षीय बडुवाल केही दिनअघि मात्रै घर आएका थिए।
उता श्रीमतीलाई घरमा परिवार भेटेर फर्किने बाचा गरेका तपेन्द्र अब कहिल्यै अस्ट्रेलिया नर्फकिने गरि अस्ताएका छन्। मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि उनको परिवार शोकमा डुबेको छ।
हिजो आइतबार साँझ कृष्णपुर नगरपालिका–५ स्थित बनदेवी मन्दिर नजिकको जंगलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बडुवालको मृत्यु भएको थियो। बडुवालले चलाएको सुदुरपश्चिम प्रदेश ०२–००–४ प १८४६ नम्बरको मोटरसाइकल से १ त २८२९ नम्बरको ट्यााक्टरको ट्रलीमा ठोक्किँदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार कृष्णपुर–५ की २० वर्षीया गरिमा महता घाइते भएकी छन्। उनको अवस्था सामान्य रहेको छ। ट्याक्टर र चालक कृष्णपुर–८ का ४२ वर्षीय वीरसिंह महरालाई ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
