पाँच–सात सय भ्रष्टाचारीलाई हेलिकप्टरबाट टुँडिखेलमा पछार्नुपर्छ : मन्त्री किराँती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नक्कली भुटानी शरणार्थी प्रकरण तत्कालीन केपी शर्मा ओली सरकारको उपहार भएको आरोप लगाएका छन् ।
‘नक्कली भुटानी शरणार्थी प्रकरण केपी ओलीको सरकारको उपहार त हो । नेकपाले दुई तिहाइको सरकार बनाउँदा ड्राइभिङ सिटमा को थियो ? यो उहाँले अह्रनखटन मिलाएर भएको घटना हो । त्यसैले उहाँमा छटपटी हुनु स्वाभाविक हो । उहाँको पालामा यस्ता अनगन्ती घटना भएका छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै किराँतीले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भ्रष्टाचारको विरुद्धमा सम्झौताहीन ढंगले लाग्नुपर्ने उनले जोड दिए । उनले भने, ‘असली र नक्कली राजकुमार दिक्पाल छुट्टिने बेला यही हो । यो कुरा प्रधानमन्त्रीलाई थाहा छ । भ्रष्टाचारमा सम्झौता नगरौं । कसैको डर, धाक, धम्की, त्रास र लोलोपोतोमा परेर सम्झौता गर्न थाल्यौं भने हामीले राष्ट्रको आवश्यकता र जनताको चाहनालाई नेतृत्व गर्न सक्दैनौं । बरु कुर्सीमा पाँच दिन बसौं, इमानदारीपूर्वक काम गरौं ।’
नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन हुनुले सत्य आफैं बोलेको पनि मन्त्री किराँतीले बताए । उनले भने, ‘उपप्रधानमन्त्री भइसकेको र बहालवाला सांसदले कानुनको पालना गर्ने हो कि सम्पर्कविहीन भएर भाग्ने हो रु सत्य आफैं बोल्छ । धुरीबाट पाप कराउँदैछ । दुइटा पहरा ढालेपछि बाटो खुल्छ । सकेनौं भने हामीले छोड्नुपर्छ । समयले हामीलाई पर्खदैन ।’
भ्रष्टाचार अन्त्यका लागि कठोर कानुनको आवश्यकता पनि उनले औंल्याए । उनले भने, ‘मेरो चाहनाले मात्र भएन । कानुनलाई कठोर बनाउनुपर्छ । भ्रष्टाचारीलाई हेलिकप्टरबाट टुँडिखेलमा पछार्नुपर्ने क्या । पाँच(सात सय मानिसलाई त्यसरी पछार्ने र तिनका तीन पुस्ता काम नलाग्ने गरी ऐन(कानुन बनाउने हो भने भ्रष्टाचारको अन्त्य हुन्छ र समृद्धिको अभियान पनि सुरु हुन्छ । अब जनताप्रति रुवा बनेर लाग्ने र भ्रष्टाचारविरुद्ध सियो बनेर उत्रिनु जरुरी छ ।’ मन्त्री किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा लैजाने कोसिस भइरहेको पनि बताए ।
बुद्धजयन्तीका अवसरमा लुम्बिनी पुगेका मन्त्री किराँतीले लुम्बिनीलाई विश्वसामु नयाँ ढंगले ब्रान्डिङ गर्नुपर्ने बताए । उनले भने, ‘लुम्बिनीमा काम सुरु भएकै छैन । नयाँ ढंगले काम गर्न बाँकी छ । पुरातात्विक अध्ययनले ३५ सय वर्षअगाडि नै पुर्खाले लुम्बिनीमा बसाएको बस्तीको प्रचार गर्नुपर्छ । नेपालमा पर्यटन नीति, संरचना र संस्कृतिलाई पर्यटनमैत्री बनाउनु पर्छ । विश्व शान्ति, भातृत्व र समृद्धिका निम्ति सन्देश दिन सक्नुपर्छ ।’
सम्बन्धित समाचार
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

