Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आज बुद्ध जयन्ती, यी हुन् गौतम बुद्धले दिएका १० उपदेशहरु जसले बदल्न सक्छ तपाईको जीवन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, बैशाख, २२
आज बुद्ध जयन्ती, यी हुन् गौतम बुद्धले दिएका १० उपदेशहरु जसले बदल्न सक्छ तपाईको जीवन

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्ध प्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

राजकुमारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो । उनान्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कनुभयो ।

बुद्धले दिएका यी १० उपदेशहरु तपाई आफ्नो जीवनमा लागु गर्नुहोस, तपाईको जीवनमा अवश्य पनि शान्ती छाउनेछ ।

१। आफ्नो क्षमताले काम गर्नुहोस, कुनै दोस्रो ब्यक्तिमा भर नपर्नुहोस ।
२। मानिसको मन भित्रनै शान्ती बास हुन्छ, बाहिर खोज्ने प्रयास नगरे हुन्छ ।
३। आफ्नो मन नै सबै थोक हो, आफु जस्तो बन्न चाहनुहुन्छ त्यस्तै बन्न सक्नुहुन्छ ।
४। असल जीवनको सवैभन्दा असफलता भनेको असत्यवादी बन्नु हो ।
५। तीन कुरा धेरै बेर सम्म लुक्न सक्दैनन्ः सूर्य, चन्द्रमा र सत्य ।
६। हामी आफुले आफैलाई मात्र बचाउन सक्छौ, हामी आफुले आफनौ बाटो आफै रोज्नुपर्छ ।
७। स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, संतोष सबैभन्दा बढि धन हो र विश्वास सबै भन्दा राम्रो सम्बन्ध हो ।
८। हामी जे बोल्छौ त्यसलाई विचार गरेर नै बोल्नु पर्दछ, सुन्ने ब्यक्तिलाई के कस्तो प्रभाव पर्दछ राम्रो या नराम्रो ।
९। शरीरलाई स्वस्थ राख्नु नै एक कर्तब्य हो, अन्यथा तपाई आफ्नो मन र विचार सहि राख्न सक्नुहुन्न ।
१०। निस्क्रिय भएर बस्नु मृत्युको एउटा छोटो बाटो हो, परिश्रम गर्नु जीवनको सहि बाटो हो, मूर्ख मानिस निस्क्रिय हुन्छन भने बुद्धिमान मानिस परिश्रमी ।

naima expoTop Changing Nepal

युट्युब सट्स