Jankari Kendra
२६ आश्विन २०८३, सोमबार

घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, बैशाख, २३
घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु

डोटी । घाँटीमा मासुको हड्डी अड्किएर डोटीमा एक जनाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–५ का ५० वर्षीय पदम नेपालीको शुक्रबार राति खाना बेला मासुको चोक्टा घाँटीमा अड्किँदा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाका अनुसार घाँटीमा मासु अड्किएपछि अस्पताल लैजाँदै गर्दा उनको अस्पताल नपुग्दै बाटोमा मृत्यु भएको हो। मृतकका बारेमा थप अनुसार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक धमलाले जानकारी दिए।

 

Top Changing Nepal

युट्युब सट्स