Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

व्यवसायी कँडेलको आत्महत्या प्रकरणको अनुसन्धानमा कुनै कमी नहोस : रवि लामिछाने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, बैशाख, २४
व्यवसायी कँडेलको आत्महत्या प्रकरणको अनुसन्धानमा कुनै कमी नहोस : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले चितवनका व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा आफू परिवारसँग निरन्तर सम्वादमा रहेको र अनुसन्धानमा कुनै कमी नहोस भनेर प्रशासनलाई निरन्तर खबरदारी गरिरहेको स्पष्ट पारेका छन् । उनले उक्त घट्नामा राजनीतिक रंग नपोतियोस भनेरसमेत आफू सचेत रहेको उल्लेख गरेका छन् ।

लामिछानेले फेशबुकमा लेखेका छन्–

चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणमा म परिवार सँग निरन्तर संवादमा छु, प्रशासन सँग निरन्तर समन्वयमा छु, अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरीरहेको छु, घटनामा राजनीतिको रंग नपोतियोस् भनेर सचेत छु। म सत्य,न्याय र पीडितको पक्षमा छु। प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु। आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द हड्ताल केही नहोस् भनेर संयम पुर्वक सबै घटनाक्रमलाई नजिक बाट नियाली रहेको छु। म जिम्मेवार जनप्रतिनिधिको भुमिका निरन्तर निर्वाह गरीरहेको छु। चितवनले एउटा असल मानिस गुमाएकोमा अत्यन्तै दुखी छु। परिवारलाई सहन सक्ने शक्ति मिलोस् भनी निरन्तर प्रार्थना गरिरहेको छु।

Top Changing Nepal

युट्युब सट्स