Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

लोकसेवा आयोगका डेटा सुरक्षित नराख्‍नेलाई कारबाही गरियोस् : सांसद डाँगी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, बैशाख, २६
लोकसेवा आयोगका डेटा सुरक्षित नराख्‍नेलाई कारबाही गरियोस् : सांसद डाँगी

काठमाडौँ । लोकसेवा आयोगका विभिन्न पदमा आवेदन दिने परिक्षार्थीका तथ्यांक सुरक्षित नराख्ने अधिकारीहरूलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद निशा डाँगीले सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा डाँगीले लोकसेवा आयोगमा विद्युतीय माध्यमबाट परिक्षार्थीले आफ्नो व्यक्तिगत विवरण बुझाएको तर त्यो सुरक्षित नराखेर आयोगका अधिकारीले गैरजिम्मेवारीपन प्रस्तुत गरेको बताइन् ।

‘२०७९ सालको मंसिर, पुस र माघ महिनामा लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको डेटा हराएको छ । डेटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि डेटा रिकभर नभएपछि लाजमर्दो तरिकाले आयोगले पुनः दरखास्त आह्वान गरेको छ । विश्वमा प्रविधिले यस्तो फड्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डेटा सुरक्षित राख्न सकिरहेको छैन,’ उनको माग थियो, ‘डेटा रिकभर हुँदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गरियोस् ।’

उनले भनिन्, ‘नेपालका अधिकंश युवाहरू विदेशीएका छन् । केहिले स्वदेशमै भविष्य खोजिरहेकालाई प्रोत्साहन गर्नुको सट्टा सरकारले उल्टै निरुत्साहन गरिरहेको छ । यसरी युवाहरूको भविष्यसँग खेलबाड नगरियोस र पटक-पटक लोकसेवा आयोगले लिने परिक्षाको मिति सरिरहने समस्याको अन्त्य गर्न सम्बन्धित निकायसँग अनुरोध गर्न चाहन्छु ।’

Top Changing Nepal

युट्युब सट्स