Jankari Kendra
१० आश्विन २०८३, शनिबार
Worldlink

संसद्‍मा प्रदीप पौडेल :  सरकारका मन्त्रालयबीच समन्वय नहुँदा एकै सडक वर्षमा चार पटक भत्काइन्छ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, बैशाख, २६
संसद्‍मा प्रदीप पौडेल :  सरकारका मन्त्रालयबीच समन्वय नहुँदा एकै सडक वर्षमा चार पटक भत्काइन्छ

काठमाडौं । सरकारका मन्त्रालयबीच समन्वय नहुँदा एकै सडक वर्षमा चार पटक भत्काइने गरेको नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले बताएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले सरकारका मन्त्रालयबीच समन्वय नहुँदा एकै सडक वर्षमा चार पटक भत्काइने गरेको बताएका हुन्।

उनले भने, ‘खानेपानीको पाइप विछ्याउनेदेखि विजुलीको तार भूमिगत गर्ने नाममा सडक बारम्बार खनिएको छ। फुटपाथमा निर्माण सामग्री राखेर अस्तव्यस्त बनाइएको छ। सरकारका मन्त्रालयहरु बीच समन्वय हुन नसकेका कारण एउटै सडक वर्षमा चारपटक सडक भत्काइएको छ।’

 

Top Changing Nepal

युट्युब सट्स