सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थिति छ : अध्यक्ष लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थिति आएको दाबी गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थिति आएको दाबी गरेका हुन्।
अहिले निजी क्षेत्र निराश भएको लगानीको वातावरण र लगानी गर्ने पुँजीको अभाव छ हुँदा उद्यमीहरू आत्महत्या गर्ने बाटोमा गइरहेको उनले बताए। भने, ‘यो विषयमा सरकार गम्भीर हुनुपर्यो। लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्यो। उद्यमीहरूलाई प्रोत्साहन गर्ने खालको नीति र बजेट ल्याउन म सरकारसँग माग गर्दछु।’
उनले भने, ‘सरकारले स्वदेशी लगानीलाई प्राथमिकता दिने हो भने त्यसकालागि हाम्रो नीतिहरु परिवर्तन हुनुपर्छ। हामी अहिले सरकारलाई कर तिर्न पनि घुस खुवाउनुपर्ने स्थितिमा छौं। कोही पनि उद्यम व्यवसाय गर्न तयार छैन, लगानीको वातावरण छैन।’
सम्बन्धित समाचार
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

