आठ घण्टापछि हाइटेन्सन पोलबाट ओर्लिए दिनेश माझी
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका दिनेश कुमार माझी आठ घण्टापछि विजुलको हाइटेन्सन पोलबाट ओलिएका छन् । बुढीगंगा ७ का वडाध्यक्ष पंकज चौधरीले उनी गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगर आएपछि ओर्लिएको बताए ।
‘उनी भर्खरै ओर्लिका छन् । गाउपालिका अध्यक्ष आएपछि उनी ओर्लिएका हुन् । गाउपालिका अध्यक्ष यहाँ आउन पर्ने उनको माग थियो,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दै वडा अध्यक्ष चौधरीले भने ।
वडा न.७ डंग्राहाका ४० वर्षीय माझीले बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिणतर्फ जाने सडकमा रिटेनिङ वाल निर्माणको गुणस्तर कमसल भएको विरोधमा आज विहानदेखि हाइटेन्सन पोलमा चढेका थिए ।
उनी दुहबी दमक लाइनको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलको टुप्पोमा बसेका थिए । गाउँपालिका अध्यक्ष मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरेको भन्दै उनले आत्मदाह गर्ने चेतावनी दिईरहेका थिए ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
