नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वाग्रह र दवाबविना निष्पक्ष छानविन गर्न एमालेको आग्रह
काठमाडौं । नेकपा (एमाले) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै राजनीतिक पूर्वाग्रह र दवावबिना निष्पक्ष रुपमा छानबिनको माग गरेको छ । गत वैशाख २७ गतेदेखि आजसम्म (३० गतेसम्म) बसेको पार्टीको केन्द्रीय समिति बैठकले नक्कली भुटानी शरनार्थी प्रकरणमा छानविन गरी दोषीमाथि हदैसम्मको सजाय माग गर्ने प्रस्ताव पारित गरेको हो ।
विगत लामो समयदेखि भित्र–भित्रै चलिरहेको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने घृणित ठगी–धन्दा सतहमा आएको एमालेको निष्कर्ष रहेको छ । उक्त घटनामा गृह मन्त्रालयकै उच्च नेतृत्व संलग्न रहनुले राज्यविरुद्धको अपराध सङ्गठित रुपमा भइरहेको प्रष्ट भएको एमालेको बुझाई रहेको छ ।
उक्त प्रकरणले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको एमालेको बुझाई रहेको छ ।
‘यो बैठक उक्त प्रकरणको कुनै राजनीतिक पूर्वाग्रह र दवावबिना निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय होस् भन्ने माग गर्दछ,’– प्रस्तावमा भनिएको छ ।
साथै, हिरासतमा राखिएका व्यक्तिहरुलाई छानबिनको दायरामा आउनसक्ने व्यक्तिसँग अवैध रुपमा भेटघाट गराउने, पैसा दिएर मुद्दा मिलाउने प्रयास गर्ने, असम्बद्ध व्यक्तिहरुको नाम लिन र आफू अनुकूलको बयान गराउन दवाब दिने जस्ता क्रियाकलाप नियन्त्रण गर्नसमेत एमालेले माग गरेको छ ।
दोषी कोही नछुटून् र निर्दोष कोही नफसून् भन्ने कुरातर्फ एमालेले सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराएको छ । राज्यबाट गरिने निष्पक्ष अनुसन्धानमा एमालले पूर्ण सहयोग गर्नेसमेत बताइएको छ ।
सम्बन्धित समाचार
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

