भुटानी शरणार्थी प्रकरणका आरोपितहरूको पासपोर्ट जफत गर्न रास्वपाको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने कार्यमा संलग्नको राहदानी जफत गर्न माग गरेको छ ।
सोमवार एक विज्ञप्ति जारी गर्दै रास्वपाले यो प्रकरण संगठित ठगी र राज्यविरूद्ध अपराध भएकोसमेत बताएको छ।
‘यो प्रकरण केवल भ्रष्ट्राचारको मुद्दा होइन। एक सङ्गठित ठगी, राज्य विरुद्ध अपराध हो, राष्ट्रघाती कार्य हो। यो मानव तस्करीको नविन रुप हो, ठगी हो तथा भ्रष्ट्राचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी, अन्तरदेशीय संगठित अपराध विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी लगायतका अन्तर्राष्ट्रिय सन्धी सम्झौता समेतको उल्लङ्घन हो। तसर्थ यस्ता अपराधलाई भ्रष्ट्राचारको रुपमा मात्र हेरिनु पर्याप्त हुँदैन,’ रास्वपाको विज्ञप्तिमा भनिएको छ।
रास्वपाले ‘दोषीलाई कडाभन्दा कडा कारवाही गर्न सरकारलाई खबरदारी गर्दै यसमा संदिग्ध व्यक्तिहरुको राहदानी तत्काल जफत गरी मुलुक बाहिर जानबाट रोक्न माग गरेको छ । साथै यस प्रकरणमा पीडित पक्षको ठगी भएको रकम पीडकबाट असुल उपर गराई फास्ट ट्रयाकमा क्षतिपूर्ति दिलाउन सरकारद्वारा सहजीकरण गरिदिनहुन समेत रास्वपाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

