पदभार ग्रहण गरेको केही घन्टामै पदमुक्त
डडेल्धुरा । डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन्। विकास समितिका अध्यक्ष ओझाको हालै तीन वर्षे पदावधि सकिएको थियो।
उनको ठाउँमा गत महिना लक्ष्मण सिंहलाई अध्यक्ष नियुक्त गरिएको थियो। तर, बुधबार पदभार ग्रहण गरेको केही घन्टा नबित्दै सिंहलाई लाई बदर गरिएको छ। उनलाई अस्पतालका कर्मचारी तथा जिल्लावासीले भव्य स्वागतसमेत गरेका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयले सिंहको ठाउँमा पुरानै अध्यक्ष ओझालाई मनोनीत गरेको छ यसअघि प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रीस्तरको वैशाख १७ गतेको निर्णयअनुसार वैशाख २३ गतेदेखि लागू हुने गरी सिंहलाई अध्यक्ष नियुक्त गरिएको थियो।
सिंहलाई डडेल्धुरा अस्पताल डडेल्धुराको अध्यक्ष र तेज साउँदलाई सदस्यमा मनोनीत गरिएको थियो। बुधबार साँझ नै स्वास्थ्य मन्त्रालयबाट उनको पद बदर गरिएको भन्दै अर्को पत्र अस्पताल पुगेको छ।
बुधबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयले अध्यक्षमा उनीसहित सदस्यमा देवकी भट्ट र जनक मल्ललाई मनोनीत गरेको भनेर पत्र आएको अस्पतालका निमित्त मेसु चेतराज भट्टले जानकारी दिए।
उनका अनुसार एक साता अगाडि मात्रै अस्पतालको अध्यक्षमा नियुक्त भएका लक्ष्मणबहादुर सिंहको मनोनयन बदर गरिएको पत्र पनि अस्पताललाई प्राप्त भइसकेको छ। सिंह नेकपा (माओवादी)मा केन्द्रमा आवद्ध छन् भने ओझा केही समयअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
