दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको चुचुरोमा
काठमाडौं । आत्मबल भए संसारमा असम्भव भन्ने कुरा नरहेको रोल्पाका हरि बुढामगरले साबित गरिदिएका छन्। घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका पूर्वगोरखा सैनिकसमेत रहेका बुढामगरले कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहयोगमा सर्वोच्व शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
चैत २२ गते सगरमाथा आरोहणका लागि काठमाडौँबाट आधार शिविरतर्फ लागेका उनले शुव्रmबार दिउँसो ३ बजे सगरमाथाको दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गरेका हुन्। शारीरिक अशक्त भएका व्यक्ति पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास आफूजस्तै अन्य साथीमा जगाउनका लागि आरोहणमा गएका उनले घुँडामाथिसम्म खुट्टा गुमाएका पहिलो आरोहीका रूपमा विश्व कीर्तिमान कायम गरेका हुन्।
उनले चार जना सहयोगीको मद्दतमा आरोहण पूरा गरेका हुन्। पर्यटन विभागका अनुसार घुँडामुनि खुट्टा नभएका उनी तेस्रो आरोही हुन्। यसअघि चिनियाँ पर्वतारोही सिया बोयू र न्युजिल्यान्डका मार्क इङ्ग्लिसले तिब्बती मोहडाबाट सगरमाथाको आरोहण गरेका थिए ।
बेलायती सेनामा कार्यरत रहेका बेलामा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाउनुभएका बुढामगर कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने र आधार शिविरबाट ‘स्काई ड्राइभिङ’ गर्ने पहिलो व्यक्तिसमेत हुन्।
उनले स्की, कायाकिङ, ह्वीलचेयर टेबल टेनिस, आर्चरी, इम्पिटि फुलबल, सिटिङ भलिबल लगायतका विभिन्न अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा समेत विजय प्राप्त गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुलिसकेका छन् ।
तत्कालीन रोल्पा निरुल गा.वि.स. हालको थवाङ गाउँपालिकामा जन्मिनुभएका बुढामगर १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भएका थिए ।
१५ वर्षसम्म विश्वका विभिन्न देशहरूमा शान्ति स्थापना र विभिन्न सैन्य मोर्चाहरूमा सामेल भएका उनको सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमेको थियो । बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण पुरा गरिसकेका छन् ।
सम्बन्धित समाचार
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

