डेढ अर्ब हिनामिना, आरोपपछि मेयर दुई सातायता सम्पर्कविहीन
बागलुङ । १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली दुई सातायता सम्पर्कविहीन भएका छन् । उनी संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिना गरेर भागेको आरोप लागेको हो ।
वैशाख ६ मा सञ्चालक समितिको बैठकले आर्थिक तरलता अभाव देखाएर सहकारी बन्द गरेको थियो । त्यसपछि नदेखिएका नेपाली दुई सातादेखि बेपत्ता भएका हुन् । खामबन्दी पत्रमा उनले उपप्रमुख धनबहादुर कायतलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएको खुलेको छ ।
बागलुङ र पोखरामा शाखा रहेको सहकारी संस्था बन्द भएपछि सयौं बचतकर्ताले प्रशासनमा उजुरी गरेका थिए । प्रशासनकै आग्रहमा सहकारी रजिस्ट्रारको कार्यालय पोखराले प्रारम्भिक अनुसन्धान समेत गरिसकेको छ । अनुसन्धानका क्रममा सयौं बचतकर्ताबाट १ अर्ब ५४ करोड रुपैयाँ अपचलन गरेको देखिएको कार्यालयका सूचना अधिकारी चोलाकान्त वाग्लेले बताए ।
संगठित ठगी भएको भन्दै कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत छानबिन गर्ने गरी माथिल्लो तहमा जानकारी भइसकेको उनले बताए ।
१८ प्रतिशत ब्याज दिने आश्वासनमा सहकारीमा सयौंले बचत गरेका थिए । गत माघमा सहकारीले सदस्यहरूलाई आर्थिक प्रतिवेदनसमेत नबाँडी साधारणसभा सम्पन्न गराएको थियो ।
सञ्चालक सदस्य र नेपालीका परिवारका सदस्य समेत फरार भएपछि जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयको आग्रहमा अध्यागमन विभागले उनीहरूको भ्रमण आदेशसमेत रद्द गराएको थियो ।
संस्थापक अध्यक्षका रूपमा नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रूपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्रा अनुमति रद्द भएको हो ।
सञ्चालकहरू भागेर विदेश जान सक्ने भएकाले यात्रा अनुमति रद्द गराउन जिल्ला प्रशासन कार्यालयले गृहमा आग्रह गरेको थियो । अध्यागमन विभागले यात्रा अनुमतिपत्र जारी गरे पनि अहिलेसम्म प्रहरीले उनीहरूको कुनै सुइँको नपाएको सहायक प्रजिअ चित्रांगत बरालले बताए ।
एमाले गण्डकी प्रदेश कमिटी सदस्य नेपाली नगर प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । अहिले पार्टीले उनलाई निलम्बन गरिसकेको छ ।
२०७४ को स्थानीय निर्वाचन मनोनयन गर्ने दिनसम्म उनी माओवादीमा आबद्ध थिए । टिकट नपाएपछि एमाले प्रवेश गरेका हुन् । मतदातालाई समेत लाखौं रकम बाँडेर निर्वाचन प्रभावित बनाएको उनीमाथि आरोप लागेको थियो ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

