जनयुद्धमा हाम फाले जस्तै अहिले भ्रष्टाचारविरूद्ध हाम फालेको छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा हाम फाले जस्तै अहिले भ्रष्टाचारविरूद्ध हाम फालेको दाबी गरेका छन्।
शनिबार प्रेस सेन्टर नेपालको १९औँ साधारण सभा एवम् २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयुद्धमा हाम फाले जस्तै अहिले भ्रष्टाचारविरूद्ध हाम फालेको दाबी गरेका हुन्।
उनले भने, ‘जनयुद्धको बेलामा जुन सङ्कल्पका साथ हाम फलिएको थियो, अहिले विकृति, विसङ्गति र भ्रष्टाचारको विरुद्ध म त्यहीँ मानसिकताको साथ हाम फालेको छु। जसरी जनयुद्ध सुरू गर्दा को कति दिन बाचिने हो, को कति बेला मारिने हो भन्ने टुङ्गो थिएन, अहिलेको यो लडाई पनि त्यस्तै त्यस्तै छ। हिजो जनयुद्धमा अघि बढ्दै जाँदा हजारौँ क्रान्तिकारी, न्याय प्रेमी जनताको साथ समर्थन प्राप्त भएको थियो यो लडाइमा पनि साथ रहने मैले विश्वास लिएको छु।’
उनले सामाजिक न्याय सुशासन र समृद्धि नै आफ्नो मुख्य लक्ष्य भएको बताएका छन्। उनले आफ्नो अगाडि चुनौतीपूर्ण अवसर रहेको हुँदा जतिसुकै घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प आफूसँग नभएको दाबी गरेका छन्।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
