• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
  • ६ घण्टा 

कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल
  • ७ घण्टा 

नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट
  • ७ घण्टा 

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • १५ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १५ घण्टा 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • १६ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १७ घण्टा 

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

  • २. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ३. कतारमा ग्याँस प्लान्टमा भयानक बिष्फोट हुदाँ १४ काे मृत्यु, नेपाली पनि घाइते

  • ४. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. २०१६ मा सन्यास घोषणा गरेका मेस्सीको ऐतिहासिक पुनरागमन, विश्व रेकर्ड कायम

  • ६. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ७. यस्तो छ आज देशै भरको मौसम पुर्वानुमान

  • ८. २०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • १०. एनआईसी एशियाको हकप्रदमा एनआइएमबि एस क्यापिटल नियुक्त

पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर स्थापना

जानकारी केन्द्र २०८०, जेष्ठ, १३

काठमाडौं । (रासस) पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । उक्त मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि यहाँ शुक्रबारदेखि सातदिने कालिका महापुराण पनि सुरु भएको छ ।

भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी ल्याइएकी कामाख्या देवीको प्राणप्रतिष्ठाका लागि सुरु भएको महापुराण यही जेठ १८ गतेसम्म सञ्चालन हुनेछ । ‘कामाख्या भगवती मूर्ति प्राणप्रतिष्ठा अनुष्ठान समारोह’ नाम दिइएको यस पुराणमा जपात्मक, पाठात्मक र हवनात्मक विधिमार्फत वसन्तपुरमा निर्मित मन्दिरमा कामाख्या देवीको स्थापनार्थ कालिका पुराणको पाठपरायण र देवी महात्म्यासहितको भक्ति सङ्गीत गरिने छ ।

वनारसको विवेकाश्रम सांगदेवका आचार्यहरु, कामाख्या भगवतीको अनुष्ठान गरिरहेका साधक एवं नेपाली पुजारी तथा वेदाचार्य र नेपालका धर्मगुरु व्यासाचार्य किशोर गौतम सहितले कामाख्यादेवीलाई विधिपूर्वक आमन्त्रण गरी मन्दिर भित्र्याएपछि मूर्तिको प्राणप्रतिष्ठा अनुष्ठान महायज्ञ सुरु भएको हो ।

यसका लागि म्याग्दीको गलेश्वरबाट चक्रसहितको देवशीला (शालग्राम) गुवाहाटीस्थित कामाख्या भगवती मन्दिरमा लगी त्यहाँ दुर्गा कवच स्तुति गरी त्यहाँका पुजारी र वेदाचार्यबाट विधिविधानका साथ त्यहीँको कुण्डको जलबाट अभिषेकसहित पूजापाठ र स्तुति गरी सो शिला र कामाख्या भगवतीको कुण्डको जल भरिएको कलश नेपाल भित्र्याइएको हो ।

यसरी ल्याइएको शिलालाई शास्त्रीय विधिअनुसार पूजा, अर्चना गरी वसन्तपुरमा निर्माण भएको मन्दिरमा स्थापना गरिएको धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमले जानकारी दिए ।

यहाँ निर्मित मन्दिरको मध्यभागमा विधिपूर्वक सो शिला राखेर गुवाहाटीस्थित कामाख्या भगवती मन्दिरमा राखिएकै स्वरुपमा निर्माण गरिएको गोलाकारको जलकुण्डमा उहाँबाटै ल्याइएको कलशको जल राखी सो कुण्डमा निर्माण भएको अष्टकोणका वेदीमाथि कामाख्या भगवतीको मूर्ति प्राणप्रतिष्ठा आह्वान गरिएको व्यासाचार्य गौतमले जानकारी र्दिए ।

यसरी कामाख्या भगवती शक्तिपीठमा राख्नुपर्ने श्रीगणेश, दुर्गा, महादेव, विष्णु र सूर्यनारायण भगवानका मूर्ति राखी विधिपूर्वक प्राणप्रतिष्ठा र पुजन गरिएको छ । पाञ्चायान देवताका साथै कामाख्या मन्दिरमा रहेजस्तै पञ्चमुखी कामेश्वर महादेव र कामेश्वर शिवलिङ्गको पनि स्थापना गरिएको छ ।

शास्त्रीय विधि एवं वास्तुशास्त्रका आधारमा कामाख्या भगवतीको मन्दिर कामाख्या शैलीमा नै निर्माण गरिएको छ । यसका लागि करिब दुई वर्षअघि वैदिक सनातन गुरु लक्ष्मण गौतमसहितका आचार्य र लुम्बिनी केबलकारका इञ्जिनियरको समूह गुवाहाटीस्थित कामाख्या मन्दिर गई मन्दिरको संरचनाको शास्त्रीय महत्व र निर्माण शैलीको अध्ययन गरेर सोहीबमोजिमको मन्दिर यहाँ निर्माण गरिएको लुम्बिनी केबलकारका आयोजना व्यवस्थापक गोकुल साउदले जानकारी दिए । केबलकार आयोजनाअन्तर्गत नै यो मन्दिर पनि निर्माण गरिएकाले मन्दिरको मात्र निर्माण लागत नछुट्याइएकाले भन्न नसकिने उनले बताए ।

साउदले भने, “कामाख्या भगवतीको शास्त्रीय एवं आध्यात्मिक महत्वको अध्ययन धर्मगुरुले गर्नुभयो र इञ्जिनियरको टोलीले उक्त मन्दिरको संरचना, कलात्मक शैली र वास्तुशास्त्रीय अध्ययन गरेर आयौँ । त्यसपछि सोही विधि र शैलीमा गएको दुई वर्षमा केबलकार निर्माणसँगै मन्दिर निर्माण गरेका हौँ ।”

बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार स्टेसन रही सञ्चालनमा आएको लुम्बिनी केबलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा पर्दछ । बुटवल बजारबाट केबलकार चढेर पनि कामाख्या भगवतीको दर्शनका लागि जान सकिन्छ ।

पहिलेदेखि नै वसन्तपुरको यही स्थानमा स्थानीयले सामान्य देवीस्थानमा कामाख्या माईको पूजाआजा गर्दै आएकाले सोही स्थानमा सोही स्थानमा व्यवस्थितरुपमा र गुवाहाटीस्थित कामाख्या देवीकै स्वरुपमा मन्दिर निर्माण गरिएको जानकारी लुम्बिनी केबलकार प्रालिका प्रोजेक्ट इन्जिनियर सनि चौरसियाले दिए ।

भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा लुम्बिनी प्रदशेका अन्य धार्मिक पर्यटकीय क्षेत्रको अध्ययनमा आउने स्वदेशी तथा विदेशी धार्मिक एवं सांस्कृतिक पर्यटकका लागि कामाख्या भगवती मन्दिर एक नयाँ धार्मिक पर्यटकीय गन्तव्य हुने स्थानीय पर्यटन व्यवसायीहरु बताउँछन् ।

कामाख्या भगवती शक्तिपीठमध्येकी एक देवी हुन् । उनको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेकाले भारतमा बर्सेनि लाखौँ भक्तजन पुग्ने गरेका बताउँदै धर्मगुरु किशोर गौतमले भारतका गोरखपुर, लखनउलगायतका नेपालको सीमा क्षेत्रका भारतीय नागरिकका साथै सबै भक्तजनका लागि कामाख्या भगवतीको दर्शन यहीँ सहज हुने जानकारी दिए।

शुक्रबारदेखि सुरु भएको सप्ताहव्यापी महापुराणको मूल आचार्यमा व्यासाचार्य गौतम हुनुहुन्छ । त्यस्तै यस महायज्ञमा भारतका गुवाहाटी र बनारसका साथै नेपालका ११ जना पण्डितले धार्मिक प्रवचन दिनुहुनेछ । कामाख्या भगवती मन्दिर परिसरमा कैलाश पर्वत, वर, पीपल, ढुङ्गे धारा, कुण्ड, पोखरीलगायतका संरचना निर्माण भएका छन् । तल बुटवल बजार छ । माथि करिब एक हजार मिटर उचाइमा पातलो बस्ती रहेको यो डाँडामा यसअघि कुनै कामले खासै कोही मानिस नपुग्ने गरेकामा अहिले वसन्तपुरमा मन्दिर निर्माण भई आकर्षक धार्मिक गन्तब्य बनेपछि स्थानीय खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.