के हो डिटक्स फुट प्याड ? किन प्रयोग गर्ने ?
काठमाडौं । सामान्यतया मानव शरिरमा भएको फोहोर तथा हानीकारक विकार बाहिर निकाल्ने प्रक्रियालाई डिटक्स भनिन्छ।
आजभोलि बजारमा फुट प्याड खुट्टाको डिटक्सिनको धेरै प्रयोगमा आएको पाइन्छ। यसले शरीरलाई प्रभावित गर्ने ब्याक्टेरिया अथवा अन्य हानिकारक टक्सिनलाई बाहिर निकाल्छ।
डिटक्स फुट प्याडको फाइदाको बारेमा संक्षिप्त जानकारी :
फुट प्याड सेतो रङ्गमा बनाइएको हुन्छ। यसलाई खुट्टाको पैतालामा राम्रोसँग टासिने खालको बनाइएको हुन्छ। यो खुट्टाको पैतलाको ठीकबीच भागमा लगाएर लामो समयसम्म राख्ने गरिन्छ।
फुट प्याडले कसरी काम गर्छ ?
खुट्टामा डिटक्स गर्नका लागि फुट प्याडलाई रातमा खुट्टाको पैतलामा लगाएर करिब ८ देखि १२ घण्टासम्म राख्नुपर्छ।
सुतेको भोलिपल्ट बिहान फुट प्याड पहेलो, ब्राउन अथवा कालो रङको देखिन्छ। रातभर यसरी राख्दा खुट्टाबाट शरीरमा जाने फोहोर शरीर बाहीर आउन मद्धत गर्दछ। यसरी खुट्टालाई सफा पनि राख्न सकिन्छ।
डिटक्स फुट प्याडका फाईदाहरू
तनाव कम हुनु
डिटक्स फुट प्याडको मद्धतले शरीरमा आउने तनाव दुर गर्न सकिन्छ। यति मात्र होइन रातभर यसको प्रयोग गरेपछि भोलिपल्ट बिहान उठ्दा फ्रेस महसुस पनि गर्न सकिन्छ।
चिन्ता कम हुन्छ
डिटक्स फुट प्याडको प्रयोग गर्दा चिन्ता कम हुन्छ।
बढी निन्द्रा लाग्ने
तपाईं निद्रा नलाग्ने समस्याबाट गुज्रिएनु भएको छ भने डिटक्स फुट प्याडले निद्रा लाग्ने अथवा निदाउनमा धेरै मद्धत गर्दछ।
सर्कुलेशनमा सुधार ल्याउन्छ
शरीरमा खराब सर्कुलेशनका कारण धेरै रोगहरू देखा परिरहेका हुन्छन्। जसका कारण मान्छेको ज्यानसमेत गुमिरहेको अवस्था हामी देख्न सक्छौँ। फुट प्याडको प्रयोगले शरीरमा सर्कुलेशन सुधार ल्याउछ।
खुट्टाको दुखाई कम गर्न
फुट प्याडको मद्धतले खुट्टामा हुने दुखाइलाई धेरै कम गर्न सकिन्छ। यति मात्र नभई मानसिक सन्तुलनमा सुधार ल्याएर थप उर्जा ल्याउन सहयोग गर्छ।
डिटक्स फुट प्याडको प्रयोग कसरी गर्ने ?
यसको प्रयोग रातमा नै गर्ने गर्नुहोस्। यसलाई खुट्टाको पैतलाको बीचभागमा लगाउनु पर्छ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

