ओडिशा रेल दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो
एजेन्सी । ओडिशामा दुई एक्सप्रेस ट्रेनहरू दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २३८ पुगेको छ । घटनास्थलमा हाल उद्धार कार्य जारी छ । बेंगलुरु–हावडा एक्सप्रेस र शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेस र बालासोरमा मालबाहाक रेल दुर्घटना भएको दक्षिण पूर्वी रेलवेले शनिबार जनाएको छ ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार २३८ जनाको मृत्यु भएको छ भने लगभग ६५० घाइते भएका छन् । घाइतेहरूको गोपालपुर, खन्तपारा, बालासोर, भद्रक र सोरोको अस्पतालमा उपचार भइरहेको छ । सर एम विश्वेश्वराया (बेंगलुरु)–हावडा एक्सप्रेसले १२ ८६४ जना यात्रु बोकेको थियो भने सुपरफास्ट एक्सप्रेसले १००० यात्रु लिएर हावडातर्फ गइरहेको थियो।
त्यसैगरी करिब २०० यात्रु बोकेको एउटा विशेष ट्रेन दुर्घटनामा फसेको र अहिले बालासोरबाट हावडाको लागि प्रस्थान गर्दैछ । खड़गपुर स्टेशनमा यात्रुहरूलाई पानी, चिया र खानाका प्याकेटहरू उपलब्ध गराइँदैछ। हावडा जाने बाटोमा रहेको बेंगलुरु–हावडा सुपरफास्ट एक्सप्रेसका थुप्रै डिब्बा पटरीबाट खसेर नजिकैको ट्र्याकमा अड्केका छन्।
शालिमार–चेन्नई सेन्ट्रल कोरोमण्डल एक्सप्रेस समानान्तर ट्र्याकमा विपरीत दिशाबाट आउँदै गरेको डिब्बामा ठोक्किएको थियो।कोरोमण्डल एक्सप्रेस कोच पटरीबाट खसेर तेस्रो ट्र्याकमा रहेको स्टेशनरी मालगाडीमा ठोक्किएको बताइएको छ ।
केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले घटनास्थल पुगेर उद्धार कार्यको निरीक्षण गरेका छन् । घटनाको उच्च स्तरीय छानबिन आयोग गठन गरेर छानबिन गरिने र रेल सुरक्षा आयुक्तले पनि स्वतन्त्र छानबिन गर्ने, वैष्णवले बताए ।
रेलवे प्रवक्ता अमिताभ शर्माका अनुसार शुक्रबार साँझ ७ बजे उक्त दुर्घटना भएको हो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
