तराईमा लू (तातो हावा) चल्न थाल्यो, आगामी पाँच दिन तापक्रम उच्च रहने
काठमाडौं । तराईमा लू (तातो) हावा चल्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा बढी हुँदा मध्य र पूर्वी तराईमा विषम खालको र पश्चिम तराईमा हल्का लू चलिरहेको छ ।
महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै काठमाडौं उपत्यकासहित अधिकांश भू-भागमा पछिल्लो पाँच दिनदेखि अधिकतम र न्यूनतम तापक्रम वृद्धि भइरहेको जनाएको छ ।
‘काठमाडौं उपत्यका लगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक बृद्धि भइरहेको र तराई भू-भागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको छ,’महाशाखाले भनेको छ ।
महाशाखाका अनुसार आगामी पाँच दिनसम्म तातो हावा चल्न सक्ने सम्भावना छ । पहाडी भू(भागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना छ ।
लूबाट कसरी जोगिने ?
तातो हावा अर्थात् लूबाट हुने सम्भावित असरहरू भनेको थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन् ।
लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पटकपटक पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

