Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

तीन तलामाथिबाट खसेर बालिकाको मृत्यु, गुरुङ दम्पतीले १० महिनामा गुमाए दुई छोरी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, २१
तीन तलामाथिबाट खसेर बालिकाको मृत्यु, गुरुङ दम्पतीले १० महिनामा गुमाए दुई छोरी

काठमाडौं । घरको तीन तलामाथिबाट खसेर खोटाङको साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाकी सात वर्षीया बालिका रोशनी गुरुङको मृत्यु भएको छ । भाडाको घरबाट खसेकी रोशनीको उपचारको क्रममा मृत्यु भएको हो ।

दिक्तेल इंग्लिस बोर्डिङ स्कुल दिक्तेलको कक्षा-२ मा अध्ययनरत रोशनी अपराह्न ४ बजेतिर तीन तलामाथिबाट लडेकी थिइन् । पक्की घरको तीन तलामाथिबाट लडेर झरेलगत्तै उद्धार गरेर दिक्तेलस्थित फेमिली केयर अस्पताल पुर्‍याइएकी रोशनीको उपचारको क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘स्कुलबाट आएर खाजा खाएपछि साथीसँग खेल्ने क्रममा लडेर झरेकी हुन् । मृतक रोशनी रविन गुरुङ र सिर्जना राई गुरुङकी कान्छी छोरी हुन् । बुबा रविन जिल्लामै भाडाको सुमो गाडी चलाउँदै आएका छन् भने आमा सिर्जना कोठा भाडामा लिएर छोराछोरी पढाउँदै दिक्तेलमै बस्दै आएकी छिन् ।

प्रेमविवाह गरेका रविन र सिर्जनाको तीन सन्तान दुई छोरी र एक छोरा जन्मिएका थिए । ठूली छोरी रोमीको गत साउन १३ गते शुक्रबार भाडाकै घरको निदाल (घरका दलिन अड्याउन राखिने काठ) मा सल बाँधेर पिङ खेल्ने क्रममा सोही सलको पासो लागेर मृत्यु भएको थियो । वर्ष दिन नपुग्दै दुई छोरीको एकपछि अर्को हुँदै दुर्घटनामा परी मृत्यु भएपछि गुरुङ दम्पती शोकमा डुबेको छ ।

Top Changing Nepal

युट्युब सट्स