कुश्मामा बस दुर्घटना : १८ जना घाइते, ४ को अवस्था गम्भीर
जानकारी केन्द्र
२०८०, जेष्ठ, २३
पर्वत । म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना ५ ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा बस पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
दुर्घटनामा ९ पुरुष, ७ महिला र २ बालबालिका घाइते भएका छन् । उनीहरूको नाम ठेगाना खुलिसकेको छैन । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै, अन्यको अवस्था भने सामान्य रहेको छ ।
अहिले सबै जना घाइतेको उपचार पर्वत अस्पतालमा भइरहेको छ । पानी परेर चिप्लो भएको सडकमा तीव्र गतिमा गुडेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । बसका चालक प्रहरीको नियन्त्रणमा छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
