नियमित ओखर खानु स्वास्थ्यका लागि फाइदैफाईदा
काठमाडौं । ओखर एउटा यस्तो फल हो, जसले मानिसका लागि अत्यावश्यक पदार्थहरु भिटामिन बी, भिटामिन ई, ओमेगा– ३, ओमेगा–६, अल्फालिनोलेनिक एसिड, म्याग्नेसियम, जिङक, कपर, आइरन, क्याल्सियम, एन्टिअक्सिडेन्ट र प्राकृतिक मिनरल्सहरु प्रशस्त मात्रामा पाइन्छ ।
ओखरमा एन्टिअक्सिडेन्ट नामक तत्व हुन्छ । जसको सेवनले कपाल तथा छाला सम्बन्धी समस्याबाट मुक्ति दिनुको साथै बढ्दो उमेरमा हुने चाउरिपनाबाट छुटकारा पाउन सकिन्छ ।
दैनिक चाररपाँच ओटा ओखरको सेवनले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलस्टोलको मात्रा कम गर्न मद्दत गर्छ ।
ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ । जसले हड्डी बलियो बनाउन सहयोग पुर्याउँछ । ओखरको सेवन मधुमेहका विरामीहरुका लागि पनि फाइदाजनक छ । ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ । जसले पाचन क्रियालाई मजबुद बनाउँछ । साथै, ओखरको नियमित सेवनले कब्जियत सम्बन्धी समस्यालाई राहत प्रदान गर्छ । ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति दिन सहयोग गर्छ ।
साथै, यसको नियमित सेवनले मष्तिस्कलाई स्वस्थ बनाई राख्छ । ओखरको सेवनले पुरुषको प्रजनन स्वास्थ्य र प्रजनन क्षमतामा पनि सकारात्मक प्रभाव पार्छ । नियमित ओखर सेवन रक्तचाप, मृगौला, कोलस्टोल र मुटुसँग समबन्धी समस्याका समाधानका लागि उपयोगी हुन्छ । ओखरले मृगौलामा पत्थरी हुनबाट पनि जोगाउँछ ।
सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
