उखुको जुस पिउनुको फाइदा, जण्डिस भएकालाई त औषधी नै हुन्छ
अहिले गर्मीको समयमा उखुको जुस धेरैजसो खाने गरिन्छ । उखुको जुसले शरीरमा शीतलता प्रदान गर्नुको साथसाथै शक्ति दिने काम गर्दछ । उखुको जुससँगै थोरै मात्रामा कागती मिसाएर खायौं भने झन स्वादिलो हुन्छ । उखुको जुसले पानीको मात्रा बढाउनमा पनि मद्दत गर्दछ ।
तर, उखुको रसलाई धेरै समयसम्म राखेर खानुहुदैन । किनभने, जुस धेरैबेर राखेर खानाले हाम्रो शरीरलाई नकारात्मक असर पार्नसक्छ । उखुको जुस खाने बेलामा मात्र तयार पारेर खानुपर्दछ र स्टोर गरेर राख्नुहुँदैन । उखुको जुस खानुका धेरै फाइदाहरु रहेका छन् ।
१. उखुमा क्यालोरी १८०, कार्बोहाइट्रेट ४० ग्राम, प्रोटिन, आइरन, पोटासीयम, म्याग्नेसीयम र क्याल्सियम पाइने हुँदा शरीरलाई धेरै फाइदा गर्दछ ।
२. भोक लागेको बेला, शरीर कमजोर भएको बेलामा उखुको जुस खानाले शरीमा केही समयमै शक्ति दिन्छ ।
३. पिसाबसम्बन्धी समस्याहरु समाधान गर्ने ।
४. उखुमा क्याल्सियम र फस्फोरस धेरै मात्रामा पाइने हुनाले दाँतको समस्या कम गर्दछ ।
५. कलेजोलाई डिटोक्सीफाई गर्ने काम गर्दछ ।
६. जन्डिस भएको व्यक्तिलाई औषधीको रुपमा प्रयोग गरिन्छ ।
७. हामीले खाएको खानालाई पचाउन मद्दत गर्दछ ।
८. हड्डीलाई तागतिलो बनाउँछ ।
सम्बन्धित समाचार
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

