Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

‘काठमाडौंको सरकारी स्कुलमासमेत छोराको फि तिर्न नसक्दा धर्धरी रोएँ’: रेशम चौधरी

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, जेष्ठ, २५
‘काठमाडौंको सरकारी स्कुलमासमेत छोराको फि तिर्न नसक्दा धर्धरी रोएँ’: रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूले काठमाडौंको सरकारी स्कुलमासमेत छोराको फि तिर्न नसकेको बताएका छन् । नवलपरासी जिल्ला समितिद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू जेलमा रहेको अवस्थामा सरकारी स्कुलमा समेत छोराको फि तिर्न नसक्दा धर्धरी रोएको बताए ।

‘काठमाडौंको सरकारी स्कुलमा शुल्क तिर्न नसकेर म धर्धरी रोएको थिएँ । मेरो छोराले झण्डै स्कूल छोड्नु परेको । तर, मैले कसैसँग भिख मागिन । संघर्ष गरेँ,’– उनले भने ।

टीकापुर घटनामा तीनै तहको अदालतले दोषी करार गरेका चौधरीले गत जेठ १५ गते गणतन्त्र दिवसका दिन आम माफी पाएका हुन् । उनको आम माफीविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । उनको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ

Top Changing Nepal

युट्युब सट्स