न्युरोड क्षेत्रलाई भेइकल फ्रि जोन बनाउने तयारी
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रलाई भेइकल फ्रि क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । जथाभावी पार्किङका कारण सौन्दर्यता गुमाउँदै गएको न्युरोडलाई भेइकल फ्रि क्षेत्र घोषणा गर्न लागेको हो । त्यसका लागि कामपाले योजना तयारी गरिरहेको जनाएको छ । कामपाले राजधानीका अधिकांश सडकमा भएको पार्किङ हटाए पनि न्युरोड क्षेत्रको हटाउन सकेको छैन ।
महानगरले केही महिनापछि सो क्षेत्रबाट पार्किङ खाली भएपछि न्युरोड क्षेत्रलाई भेइकल फ्री जोन बनाउन लागेको हो । कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले धरहरा र काठमाडौं मलको भूमिगत तला खाली भएपछि न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्न लागेको बताए । उनले भने– ‘न्युरोड प्रवेश गर्ने सवारीसाधनलाई नेपाली सेनाको महांकालस्थित व्यापारिक भवन, धरहरा र काठमाडौं मलमा पार्किङको व्यवस्था मिलाउँदै छौं, त्यसपछि न्युरोडलाई पार्किङ निषेध क्षेत्र घोषणा गर्नेछां ।’
न्युरोड, असन, भोटाहिटी, हनुमानढोका दरबारक्षेत्र, मखनलगायतका क्षेत्रको संस्कृति जोगाउन र ती क्षेत्रको पहिचान बनाउन न्युरोड क्षेत्रलाई भेइकल फ्री क्षेत्र बनाउन लागेको कामपाको भनाइ छ । स्थानीयवासीका लागि रातीको समयमा सवारी लैजान निश्चित समय दिने तयारी महानगरको छ ।
सबै सडकको पार्किङ खाली गरेको कापमाको आफ्नो एउटा पनि निःशुल्क पार्किङ छैन । ‘कालोपत्रे सडकमा पार्किङ गर्न नदिने भएपछि कहाँ निःशुल्क गर्न सकिन्छ’ –प्रहरी प्रमुख पाण्डेको भनाइ छ । उनले व्यापारिक भवन भएका सबैले आफ्नो भवनको तल्लो तलामा पार्किङको व्यवस्थापन गर्न नसकेपछि समस्या बढेको बताए । यसअघि कामपाले पटकपटक प्रयास गरे पनि न्युरोडलाई भेइकल फ्री क्षेत्र बनाउन सकेको थिएन । नेपाल समाचारपत्र दैनिकबाट
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
