खुकुरी प्रहार गरी भाइले गरे दाइको हत्या
काठमाडौं । काठमाडौंको ओमबहालमा खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । काठमाडौं महानगरपालिका २३ ओमबहालमा गएराती भाइले दाइको हत्या गरेका हुन् । प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालका अनुसार घटना गत राती १२ बजेतिरको हो ।
यद्यपि प्रहरीलाई भने बिहान ८ः३० बजे मात्रै खबर आएको थियो । दाइ र भाइबीच झगडा भएपछि भाइले धारिलो हतियारले प्रहार गरी दाइको हत्या गरेको पाइएको छ । डीएसपी रिजालका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर २३ का २५ वर्षीय सुरज शाक्यले आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेका हुन् ।
मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेका थिए । धारिलो प्रहार प्रयोग गरे लगत्तै भाइले दाइको कोठाको बत्ती निभाएर माथिल्लो तलामा गएर सुतेका थिए ।
घटना बारे परिवारका सदस्यहरूलाई राती नै थाहा भएको भएपनि प्रहरीलाई भने बिहान मात्रै जानकारी आएको हो । हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
