विनोद चौधरीसँग नेपाल सरकारसँग भन्दा १ खर्ब ५२ अर्ब बढी सम्पत्ति
काठमाडौं । सुन्दा नमीठो र अनौठो लाग्न सक्छ तर राज्यसँग भएको भौतिक सम्पत्तिभन्दा एक व्यापारीसँग झण्डै एक खर्ब ५२ अर्ब बढी सम्पत्ति रहेको विवरण भेटिएको छ । गत चैत्रमा फोब्र्स म्यागजिनले सार्वजनिक गरेको विवरण र एउटा सरकारी निकायले सार्वजनिक गरेको विवरणबीच तुलनात्मक अध्ययन गर्दा यस्तो भेटिएको हो ।
अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयको सफ्टवेयरमा गत जेठ दोश्रो सातासम्ममा अपडेट भएको विवरण अनुसार राज्यसँग साढे १ खर्ब ४५ अर्ब ९९ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको मात्र सार्वजनिक भौतिक सम्पत्ति छ । जबकी अर्बपति विनोद चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमै ३० करोड डलर (४० अर्ब रुपैयाँ थपिएरं) २ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको विवरण सार्वजनिक भएको थियो ।
यो विवरण अनुसार नेपाल सरकारसँग भन्दा विनोद चौधरीसँग १ खर्ब ५२ अर्ब बढी सम्पत्ति रहेको देखिन्छ । चौधरी विश्वकै १९२९ औँ धनीमा दरिएका छन् । सन् २०१३ देखि विश्वका अर्बपतिको सूचीमा पर्दै आएका उनको सम्पत्ति २०१७ मा २० करोड डलर थपिएर १ अर्ब ३१ करोड अमेरिकी डलर रहेकोमा २०१८ मा २२ करोड डलर थपिएको थियो ।
कोभिड कालमा सबै व्यापारी सुक्दासमेत उनको सम्पत्ति १६ करोड डलरले थपिएको उक्त म्यागजिनले जनाएको छ । पछिल्लो वर्षमा ३० करोड डलर आम्दानी बढेर १ दशमलव ८ अर्ब करोड पुगेको बताइए पनि बिडम्बना हरेक वर्ष सम्पत्ति बढ्ने तर राज्यलाई कर तिर्ने मामलामा भने उनी जहिल्यै पुच्छारतिर मात्र पर्दै आएका छन् ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
