Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

‘अखण्ड भारत’ नक्साबारे कूटनीतिक नोट पठाउन एमालेको माग

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, जेष्ठ, ३२
‘अखण्ड भारत’ नक्साबारे कूटनीतिक नोट पठाउन एमालेको माग

काठमाडौं । भारतले आफ्नो संसद भवनमा ‘अखण्ड भारत’ को नक्सा राखेकोबारेमा कूटनीतिक नोट पठाउन नेकपा (एमाले)ले माग गरेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले नेपालको भू–भाग समेटेको ‘अखण्ड भारत’को नक्साको विरोधमा नेपाल सरकारले तत्काल कूटनीतिक नोट पठाउन माग गरेका हुन् । भारतलाई कूटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन समेत उनले माग गरे ।

हालै भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर समेटिएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स