Jankari Kendra
२५ आश्विन २०८३, आईतवार

३२ दिमाग, ३ सय दाँत र १० आँखा हुने अनौठो प्राणी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, ३२
३२ दिमाग, ३ सय दाँत र १० आँखा हुने अनौठो प्राणी

काठमाडौं । संसारमा धेरै प्रकारका जीवहरू छन्। केही जीवहरू अन्य प्राणीभन्दा फरक भएकाले विशेष हुन्छन्। आज हामी ३२ वटा दिमाग, ३ सय दाँत र १० वटा आँखा भएको एउटा जीवको बारेमा जानकारी दिँदैछौं।

मानिस होस् वा जनावर सबैको दिमाग हुन्छ। तर, जुकाको शरीरमा १ होइन ३२ वटा मस्तिष्क पाइन्छ। ३२ वटा मस्तिष्क भएपनि यसले मानिसको दिमागलाई हराउन भने सक्दैन।

जुकामा ३ वटा बङ्गारा हुन्छ र प्रत्येक बङ्गारामा १ सय वटा दाँत हुन्छन्। यीनै दाँतको सहायताले मानव शरीरबाट जुकाले रगत चुस्छ।

जुकाले आफ्नो तौलभन्दा १० गुणाबढी रगत चुस्न सक्छ। जुकाको पाँच जोडी अर्थात १० वटा आँखा हुन्छन्। जसबाट अध्यारो होस् वा उज्यालो, गति र कत्तिको आकार छ भनेर चिन्न सक्छ।

जुकाको शरीर ३२ टुक्रामा विभाजित हुन्छ र प्रत्येक टुक्राको आफ्नै दिमाग हुन्छ। वास्तवमा ३२ वटा मस्तिष्क होइनन् तर एउटा मात्र छ जसलाई ३२ टुक्रामा बाँडिएको छ।

३२ टुक्रामा बाँडिएपनि जुकाको शरीर जोडिएको हुन्छ। सामान्यतया प्रत्येक टुक्राको आफ्नै स्नायु ग्याङ्लिया हुन्छ। जुन अर्को टुक्रासँग जोडिएको हुन्छ।

Top Changing Nepal

युट्युब सट्स