दुर्घटनामा परी पूर्व मेयर गिरीको मृत्यु
जानकारी केन्द्र
२०८०, असार, २
स्याङ्जा । चापाकोट नगरपालिकाका पूर्व मेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
गए राती पुतली बजार नगरपालिका १० बर्जामा राङ खोलाबाट स्याङ्जा बजार तर्फ आउँदै गरेको बा १५ च १७०९ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार चापाकोट नगरपालिका पूर्व मेयर ६० वर्षीय शिवकुमार गिरीको निधन भएको हो ।
चापाकोट नगरपालिका ४ दार्सिङ बस्ने पूर्व मेयर गिरी सवारी दुर्घटनामा परी गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा पठाएकोमा उपचारको क्रममा राति ११ः४० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले बताए।
नेपाली काँग्रेसका नेता गिरीको शव जिल्ला अस्पतालमा रहेको प्रहरीले बताएको छ । प्रहरीले सवारी चालक पुतली बजार नगरपालिका ९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपालीलाई नियन्त्रणमा लिएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
