हँसियाले गर्धन रेटेर १० वर्षीय बालकको हत्या
जानकारी केन्द्र
२०८०, असार, २
स्याङ्जा । अर्जुनचौपारी गाउँपालिका ६ सिउडबारीमा धारिलो हतियार प्रहार गरी १० वर्षीय बालकको हत्या भएको छ ।
स्थानीय हर्षित देवकोटाको धारिलो हतियार (हँसिया) प्रहार गरी शुक्रवार साँझ हत्या भएको हो । गर्धन र कन्चटमा प्रहार गरी हत्या गरेका बालकको शव घरदेखि टाढा खर बारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले बताए ।
हत्या भएका देबकोटाको बुवा रोजगारीको लागि वैदेशिक रोजगारमा रहेको बताइएको छ । हत्या भएका बालक परिवारको एक मात्र छोरा थिए । स्कुलबाट आएका हर्षित बेपत्ता भएपछि खोजी गर्ने क्रममा हत्या भएको खुलेको थियो ।
प्रहरीले बालकको हत्याको आरोपमा सोही ठाउँ बस्ने २२ वर्षीय सुजन चुवाई (सुवेदी) लाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

