Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

नागरिकता विधेयक प्रमाणीकरणमा गर्न नहुने काम भएको छ : पूर्वराष्ट्रपति भण्डारी

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, असार, ४
नागरिकता विधेयक प्रमाणीकरणमा गर्न नहुने काम भएको छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको बताएकी छिन् । अघिल्लो पटक एक प्रकारले अस्वीकृत भैसकेको विधेयक नयाँ संसद् आएपछि संसद्बाटै पुनः पास गरेर राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस हुनुपर्नेमा त्यसो नभई पहिलाकै अवस्थामा प्रमाणीकरण गर्दा प्रक्रियागत त्रुटि भएको उनले बताइन् ।

‘त्यो विधेयक बेठिक थियो, प्रमाणीकरण प्रक्रिया पनि बेठिक भयो । आफ्नो देश कमजोर होस् भन्ने चाहना कसैको हुन्न तर यहाँ आफ्नो देश कमजोर होस्, केही मतलब छैन । अर्काको प्रशंसा गरिरहनु पर्ने कस्तो शैली हो ? किन त्यस्तो गर्नुपर्‍यो ?  बरु मरिन्छ, देशमाथि गद्दारी गरिन्न, मेरो यही बटमलाइनले त्यस्तो काम गर्न दिएन’, भण्डारीले शुक्रबार साँझ आफ्नै निवासमा केही सञ्चारकर्मीसँग भनिन् ।

भण्डारीले नागरिकता विधेयक नयाँ सविधान अनुसार नआएको पनि दाबी गरिन् । ‘नयाँ संविधान अनुसार ल्याउनुपर्‍यो नि त, पुरानो संविधान अनुसारको नागरिकता ऐन संशोधन गरेर ल्याइएको हो । नयाँ संविधान २०७२ सालमा जारी भएको हो तर त्योभन्दा पहिलाको संविधान अनुसारको नागरिकता ऐन संशोधन गरेर ल्याइएको विधेयकलाई कसरी स्विकार्नु हुन्छ ?’ उनले भनिन्, ‘गर्न नहुने काम भएको छ ।’ नागरिक दैनिकमा समाचार छ ।

Top Changing Nepal

युट्युब सट्स