बालेनको बालहठः ‘सार्वभौमिकता र स्वाधीनताको सवालमा कानुन र अदालत मान्दिन’
काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफू कानुन र अदालत मान्न तयार नहरेको बताएका छन् । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भन्ने कुराबाट नै नियत प्रष्ट भएको उनको दाबी छ ।
उक्त कुरा नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले चल्न दिनु भन्नुमा अदालत र सरकार भारतको गुलाम रहेको प्रष्ट भएको उनले टिप्पणी गरेका छन् । आफू जुनसुकै सजाय भोग्न पनि तयार रहेको बताउँदै उनले अदालतको आदेशले पनि ‘आदिपुरुष’ भारतीय फिल्म चल्न नदिने जानकारी गराएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छनः
जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु । तर, फिल्म चल्दैन र चल्न दिइनेछैन ।
सम्बन्धित समाचार
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

