गोरखाको चिलिङकोटमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु
जानकारी केन्द्र
२०८०, असार, ८
काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिका ३ को चिलिङकोट स्थित पात्लेखोलामा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्याइएकोको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।
बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको जिप दुर्घटनामा परेको बताइएको छ । ‘बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर गाडी दुर्घटना भएको छ,’ प्रजिअ भुसालले भने, ‘ गाडीमा १९–२० जना सवार रहेको भन्ने खुलेको छ ।’
प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको हो । मृतकको पहिचान हुन बाँकी छ । राति एक बजे गाडी दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

